– यौनिक डेष्क /
प्राय बालबालिकाहरूले प्राय दिनको आधा समयभन्दा बढि तनाव भोगीरहेका हुन्छन र त्यसको कारण प्राय अभिभावहरूले गर्ने खराव कसिसका व्यवहार नै हो । प्राय अभिभावकहरूले आफ्ना बालबालिकलाई जानीबुझी तनाव गराउँन चाहेका हुदैनन किनकि उनीहरूले बालबालिकामा हुने तनावले गर्दा दीर्घकालिन रूपमा कस्तो किसिमको नकारात्मक प्रभाव पर्दछ भन्ने कुराको जानाकारी पाएका हुँदैन ।
धेरैजसो अभिभावकहरूको बालबालिका प्रातिको अपेक्षा र बालबालिकाको अभिभावक प्रतिको अपेक्षा नमिल्दा वा अस्वीकार गर्नाले बालबालिकामा तनाव आउँछ । बालकालिकाको कारणले गर्दा अभिभावकमा पनि तनाव भइरहेको हुन्छ । अभिभावकहरू बयस्क हुनेहुनाले र आत्मासमिक्षा गर्ने क्षमता बढी नै हुन्छ । जसले गर्दा आफ्नो तनाव व्यवस्थापन गर्ने अनुभव हुँदा सहज होला तर बालबालिकालाई अभिभावकको भन्दा धेरैगुणा असर पर्दछ । प्राय अभिभावकहरूले बालबालिकामा तनाव भएको थाहा पाउँदा तनाव व्यस्थापनका उपायहरू अपनाएका हुन्छन तर ती प्राय लोभ देखाउँने र आश्वासन दिने किसिमको हुन्छन, जुन नितान्त गलत तरिका हो ।
बालबालिकामा हुने तनाव न्यूनीकरण शुरु गर्नु पूर्व अभिभावकलाई तनावको कारणहरूका बारेमा राम्रो जानकारी हुनु आवश्यक छ । जस्तैः कुनै बालिकालाई बाहिरको मानिसले सताइरहेको होला, घरमा पनि आफैंबाट वा परिवारका अन्य सदस्यहरूबाट अनेकौँ दबाब वा कामको बोझ थपिएको होला, ती कुराहरूले गर्दा पढाइमा साथीहरू भन्दा पछि पर्दै गएको हुनसक्छ, जसले झन् तनाव थपिन थाल्दछ । तनावका कारण व्यवहारमा परिवर्तन भएको अभिभावकले थाहा पाउँदा अनेकौ सङ्का गरी दबाबमूलक तरिका अपनाउने, सहानुभूति, माया मित्रताको सट्टा उल्टै अभियुक्त झैं ठहर गर्ने तरिकाले केरकार गर्दा बालबालिकामा तनावको अवस्था झन थपिदै जान्छ र त्यसले विकराल रूप लिन पनि सक्दछ ।
बालबालिकाको तनाव व्यस्थापन गर्ने सबैभन्दा शक्तिशाली उपाय भनेको तनावको अवस्था थाहा पाएपछि, मित्रताको व्यवहार गरेर नै शुरु गर्नुपर्दछ । परामर्श नै प्रमुख उपाए हो त्यसको लागि पनि पहिलो सर्त मित्रतापूर्ण व्यवहार नै हो । जसको कारण उनीहरूले अभिभावकसँग सधैँ सुरक्षित भएको अनुभूति गर्नुपर्दछ । बालबालिकामा मानसिक स्वास्थ्यको समस्या हम्मेसी आउँदैन र भएको समस्या पनि न्यूनीकरण भएर जान्छ । त्यहीँबाट जीवनोपयोगी सीप सिक्दछन्, जसको सहयोगले आफैँ तनाव कम गर्न सक्षम हुन्छन् ।