• २०७७ जेष्ठ २३, शुक्रबार
  • |
  • Friday 5th June 2020
  • के भिन्नता छ यौन र यौनिकतामा ?

    ६ कार्तिक २०७४, सोमबार १५:४६

    रामकृष्ण पराजुली /

     

    “यौन” वा “Sex” शब्द सुन्दै हाम्रो समाजका अधिकांश मानिसहरू कि त कान ठाडा पार्छन कि लाज मान्छन तैपनि यो सेक्स मन पर्दैन भन्न पनि अधिकंशले सकिरहेका हुदैनन् । किनकि समाजका हरेक मानिस यौनिक हुन र उनीहरूसँग फरकफरक किसिमका यौनिकता हुन्छ ।

    के हो यौन (Sex) ?

    मानिसलाई महिला र पुरूष भनेर छुट्याउने जैविक (Biological) गुणहरूलाई यौन (sex) भनिन्छ । हामी प्राय मानिसहरूको मनमा यौन भन्ने वित्तिकै यौनसम्पर्क, यौन क्रियाकलाप वा महिला र पुरूषवीच हुने संसर्ग भन्ने भावना जन्मिएको हुन्छ । समाजमा यौनव्यवहार, यौनपहिचान, चाहना आदिले गर्दा धेरै मानिसले वुझ्दै आएको “यौन” को अर्थमा केहि भ्रम र केहि विवाद सिर्जना हुनपुगेको छ ।

    वास्तवमा यौनलाई जैविक रुपमा नै लिङ्गको आधारमा हुने भिन्नता वुझ्नु पर्छ । तर अरू प्रयोजनमा अग्रेंजीको सेक्स (sex) शब्दलाई महिला वा पुरूष वा तेस्रो लिङ्गी भनेर नै बुझिन्छ । तेस्रो लिङ्गी भन्नाले महिला वा पुरूषको जैविक गुणहरूभन्दा फरक जैविक गुण भएको नभै फरक ब्यवहार गर्ने व्यक्तिहरूलाई वुझाउन खोजिएको हो ।

    के हो यौनिकता (sexuality) ?

    यौनिकता मानिसको सबैभन्दा मुख्य सौन्दर्यता हो, त्यसैले यसलाइ हरेक व्यक्तिले महत्व दिएका हुन्छन । मानिसको यौनिकताले जीवनका  धेरै पक्षहरूलाई समेटेको हुन्छ । मुख्यतया लिङ्ग, लैङ्गिकपहिचान र भूमिका, यौनउत्तेजना, यौनआर्कषण, यौनआनन्द, यौनपहिचान र यौनसम्बन्ध र जवाफदेहिता जस्ता विषयहरूको समष्टी रूप नै यौनिकता हो ।

    यौनिकतालाई फराकिलो परिधि र सोचबाट हेरिनुपर्छ किनकि महिला वा पुरूष भएको कारणले व्यक्तिले खेल्ने भुमिका, व्यवहार र समाजले निर्धारण गरेको रीतिरीवाज आदिले मानिसको विभिन्न सोच वा चेतनालाई प्रभाव पारे जस्तै यौनिकतालाइ पनि प्रभाव पारेको हुन्छ । यौनिकता वहुआयमिक पनि भएको हुन्छ र यो समग्रतामा आधारित छ ।

    त्यसैगरी,  मानिसको यौनिकता विभिन्न ढंगले प्रस्तुत हुनेगर्छ । व्यक्तिको सोच/भावना, इच्छा, विचार, धारणा, मान्यता, व्यवहार, पेशा/जिम्मेवारी, सामाजिक/पारिवारिक सम्बन्धहरू आदि थुप्रै कुराहरू मार्फत मानिसको यौनिकता विभिन्न तरिकाले प्रस्तुत भएको हुन्छ ।

    यौनिकतालाई अरूपनि धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । विशेषगरी शारीरिक,  मानसिक, सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, नीतिगत, कानुनी, ऐतिहासिक र धार्मिक पक्षहरू/क्रियाकलापहरू आदि । यी प्रभाव पार्ने पक्षहरूले मानिसको यौनिकतालाइ निर्धारिण पनि गरिरहेको हुन्छ । जस्तैः हिन्दु समाजमा हुर्किएको एक महिलाले उनको श्रीमानलाई गर्ने व्यवहार, अरु धर्म मान्ने महिलाहरूले गर्ने व्यवहारमा मेल खादैन तर दुवै धर्मावलम्वीहरू यौन सम्पर्क गर्न सक्षम हुन्छन ।

    समग्रमा, यौनिकता भन्नाले जीवनका सामान्य कार्य देखि यौनसम्पर्कको लागि गरिने व्यवहार समेतलाई   समेट्छ । यस्तो वृहत र विशिष्ट प्रकारको मानिसको यौनिक गुणलाई सकारात्मक ढंगले वुझ्न र व्यवहारमा ल्याउँनु पर्दछ । सकरात्मक यौनिकताले मानिसको समग्र जीवनमा पनि सकारात्मक नै परिवर्तन ल्याउँछ । सकारात्मक सोचको विकास गराउँछ ।

    तपाइको मत
  • भिडियो सामाग्री