• २०८१ बैशाख १२, बुधबार
  • |
  • Wednesday 24th April 2024
  • महिला प्रजनन–प्रणालीका अङ्गहरूका कार्य

    २४ असार २०७४, शनिबार १९:३६

    योनिद्वार
    यो एउटा रेसादार मांसपेशीय नली हो । यसले बाह्य जननेन्द्रिय अङ्गहरूलाई पाठेघरसँग जोडेको हुन्छ । यसमा प्रशस्त मात्रामा रक्तनली तथा स्नायु रेसाहरू रहेका हुन्छन् । यौन सम्पर्क गर्ने र बच्चा जन्मने नली यही हो ।


    पाठेघर
    पाठेघर भित्र खाली ठाउँ भएको मुठीबराबर नापको नरम मांसपेशीद्वारा निर्मित अङ्ग हो । यो नासपातीका आकारको हुन्छ । यसको तौल तीसदेखि साठी ग्रामसम्म हुन्छ । यसको कामहरूअन्तर्गत मांसपेशीको खुम्चाइ गराई गर्भावस्थाको अन्त्यमा गर्भलाई बाहिर निकाल्नु, निषेचित अण्डलाई डिम्बवाहिनी नलीबाट लिने र उक्त अण्डलाई गर्भकालभरि पोषण तथा वासस्थानको व्यवस्था गर्नु, रजस्वला–चक्रमा भाग लिनु र भ्रूणको वृद्धि तथा विकासमा मदत पु¥याउनु ।
    डिम्बाशय
    यो दुवैतिर दायाँ र बायाँ गरी दुईवटा हुन्छन् । यिनीहरू २.५ से. मि. लामा, १.५ से. मि. चौडा र १ से. मि. बाक्ला हुन्छन् । आकारमा यिनीहरू बदामजत्रा हुन्छन् भने ८—१० ग्रामसम्मको तौल हुन्छ । यसले डिम्ब उत्पादन गर्ने, डिम्बाशयमा भएका ग्राफियन फोलिकल्सले एस्ट्रोजेन भन्ने हर्मोन उत्पादन गर्ने, कर्पस ल्युटियमले प्रोजेस्टोरेन नामको हर्मोन उत्पादन गर्ने, आदि गर्छन् ।
    डिम्बवाहिनी नली
    पाठेघरको माथिल्लो भागबाट दुईवटा नलीहरू निस्केका हुन्छन् जसलाई डिम्बवाहिनी नली भनिन्छ । यो नली करिब दस–बाह से. मि. लामो हुन्छ । डिम्बाशयबाट निस्केको डिम्ब डिम्बवाहिनी नली हुँदै पाठेघरमा पुग्छ । यहाँ पुरुषबाट आएको शुक्रकीट र डिम्बको निषेचन हुन्छ । यसले डिम्बाशयबाट उत्पादन भएका डिम्बलाई ग्रहण गर्ने, र निषेचित अण्डलाई पाठेघरसम्म ल्याउने कार्य गर्दछ ।

    तपाइको मत
  • भिडियो सामाग्री