• २०७७ जेष्ठ २३, शुक्रबार
  • |
  • Friday 5th June 2020
  • हस्तमैथुन तथा स्वप्नदोष भनेको के हो ?

    २४ असार २०७४, शनिबार १९:१६

    हस्तमैथुन
    किशोर अवस्थामा यौन चाहना तिब्र हुन थाल्छ र यौन परिकल्पनाको शुरुवात हुन्छ । आफ्नै शरीर र यौन अङ्गहरूबारेमा पनि खोजीनीति शुरु हुन्छ । यसैक्रममा यौन अङ्गहरूचलाउने र त्यसबाट आनन्द लिने प्रक्रिया शुरु हुन थाल्छ । आफैँले आफ्नो यौन अङ्ग चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन व्यबहारलाई नै हामी हस्तमैथुन भन्दछौ ।
    हस्तमैथुन गर्नु एक सामान्य र प्राकृतिक प्रक्रिया हो । केटा र केटी दुवैले हस्तमैथुन गर्ने गरेतापनि केटीहरूको तुलनामा केटाहरूमा यो कृयाकलाप बढी पाईन्छ । हस्तमैथुनले कुनै स्वास्थ्य सम्बन्धी हानि नोक्सानी गर्दैन तर हाम्रो समाजमा हस्तमैथुन सम्बन्धी विभिन्न गलत धारणाहरूछन् । हस्तमैथुन आफैले खराबी गर्ने नभएपनि यसैसँग जोडिएर आउने हिनताबोध वा दोषिपनले समस्या गराउन सक्छ ।
    स्वप्नदोष
    निदाईरहेको बेलामा यौनउत्तेजनात्मक सपना देख्नु र सोको कारणले नै वीर्य स्खलन हुनु, योनी भिज्नुलाइ हामी स्वप्नदोष भन्दछौ । यो प्रक्रिया हाम्रो ईच्छामा नभई स्वतः हुने प्रक्रिया हो । किशोर अवस्थामा पुगेपछी अण्डकोषले शुक्रकिट तथा वीर्य उत्पादन गर्न थाल्दछ । यसरी उत्पादित वीर्य वीर्यथैलिमा जम्मा भएर बसेको हुन्छ र वीर्यथैलि भरिएपछी यसले बाहीर निस्कन खोज्दछ । यदि नियमित सम्भोग अथवा हस्तमैथुनको माध्यमबाट यसरी वीर्य बाहिर निस्कन पाएन भने स्वप्नदोषको माध्यमबाट भए पनि बाहिर निस्कन्छ । स्वप्नदोष भयो भन्दैमा वा भएन भन्दैमा पीर मान्नु पर्ने वा हीनताबोध महशुस गर्नु पर्ने कुनै कारण छैन । यो एक स्वाभाविक प्रक्रिया हो । त्यसैले विर्य बाहिर निस्कनुलाई आधुनिक चिकित्सा पद्धतिले कुनै किसिमको रोग वा खरावी मान्दैन् त्यसैले कुनै उपचारको आवश्यकता छैन् । नियमित हस्तमैथुन वा यौन सम्र्पक जस्ता वीर्य निष्कासनने वैकल्पिक बाटो भेटीएमा स्वप्नदोष हुने क्रममा कमी आउछ भने किशोर अवस्थापार गरे पछि पनि यसमा कमी आउछ

    तपाइको मत
  • भिडियो सामाग्री