• २०७६ मंसिर २५, बुधबार
  • |
  • Wednesday 11th December 2019
  • किन मन लाग्छ हस्तमैथुन गर्न ?

    १६ भाद्र २०७६, सोमबार १५:४८
    • यौनिक डेस्क /

    स्वस्थ अवस्थामा हस्तमैथुन गर्न मन नलाग्ने त को होला र ?  

    यौनसम्पर्क गर्न मन लाग्दा क्रमशः यौन उत्तेजतना (Emotion) बढ्दै आएको हुन्छ ।  यौनजोडीको अभाव हुँदा बैकल्पिक यौन सन्तुष्टीका लागि हस्तमैथुन गर्दछन किशोरावस्था देखि जेष्ठ नागरिकसम्मका मानिसहरूले । जब हस्तमैथुनको चरम आनन्द आउँछ वीर्य स्खलित (Ejaculated) हुन्छ त्यतिबेला चरम आनन्दमा मानिस पूर्ण आनन्दित हुन्छ । त्यसैले मानिसलाई हस्तमैथुन गर्न मनलाग्छ ।

    जब मानिस किशोरावस्थामा प्रवेश गर्दछ,  त्यस बेला देखि उसका यौनिकतामा पनि परिवर्तनहरू आउँन थाल्दछन । जस्तैः हात पाखुराहरू बढ्न थाल्नु, काखीमा तथा यौनाङ्गहरूको वरपर भुत्लाहरू पलाउँन शुरू हुनु, केटाहरूको दाह्रीजुङ्गा पलाउँन थाल्नु र छाती र नाडी तथा पिँडुल्लाहरूमा पनि भुत्ला पलाउँनु आदिसँगसंगै भावनात्मक यौन संबेग तथा सामाजिक सम्बन्धहरूमा पनि परिवर्तन आउँन थाल्दछ । यी परिवर्तनहरू हुन भनेको उनीहरू यौन कार्यमा सक्षम हुँदै आउँनु हो । यस्तो बेलामा यौन चाहनाका साथै जिज्ञाशाहरू पनि बढ्दै जान्छ । यो समयमा उचित वातावरणमा यौन शिक्षा पाएनन भने जोखिमपूर्ण यौनसम्पर्क गर्नसक्दछन । यहि यौन चाहनामा यौनसम्पर्को विकल्पमा हस्तमैथुन गरेका हुन्छन ।

    किशोरावस्थामा पुगेपछि विर्य र शुक्रकिट बन्ने प्रक्रिया शुरूहुन्छ र शरीर बढ्दै जाँदा त्यसको पनि बृध्दि हुन्छ र वीर्यथैली भरिएपछि पोखिन्छ । वीर्यको विकास र बृध्दि भएकै कारण पनि यौन चाहना बढ्दै जान्छ । यो चाहनाका कारण हस्तमैथुन गर्दछन ।

    टेस्टोस्टेरोन पुरूषमा हुने यौन हर्मोन हो । यो हर्मोन पुरूषको अण्डकोषबाट उत्पादन हुने गर्छ भने महिलामा डिम्बासयबाट निस्कने गर्दछ । टेस्टोस्टेरोन हर्मोनले पुरूषको शारीरिक तथा प्रजनन् अंगको विकास गर्न सहयोगी भुमिका निर्वाह गरेको हुन्छ । यसले पुरूषको यौन क्रियाकलाप र यौन विकासलाई नियमन गर्दछ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत