• २०७६ कार्तिक ३, आइतवार
  • |
  • Sunday 20th October 2019
  • संयमतामा आधारित यौन शिक्षा

    ८ जेष्ठ २०७६, बुधबार १०:३४

    -रामकृष्ण पराजुली//

    यौन शिक्षा परापूर्वकाल देखि समाजमा चल्दै आएको छ । समाजको सामाजिक तथा साँस्कृतिक मान्यता र शासकको अभिप्राय अनुसा  कुनै न कुनै रुपमा आजसम्म छ । यसको प्रस्फुटन प्राय सबै धर्मसँस्कारका ग्रन्थहरूमा विभन्न रुपमा भएको छ । आज पनि यो औपचारिक अनौपचारिक दुबै क्षेत्रमा छ । यौन शिक्षाको विपक्षमा कोहि छनन तर यस अन्तर्गतका मुद्धाहरूमा पक्षमा वा विपक्षमा होस वा समाजको सामाजिक साँस्कृतिक मान्यताहरूमा यौन शिक्षा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न हुँदै आएको छ ।

    स्वास्थ्य शिक्षामा जबदेखि प्रजनन स्वास्थ्य शिक्षाले विद्यालय र विश्वविद्यालयहरूमा औपचारिक रूपमा प्रवेश पायो त्यसपछिबाट यौन शिक्षाले पनि औपचारिक शिक्षामा प्रवेश पाएको विज्ञहरूको भनाइ छ । उनीहरूको भनाइ अनुसार प्रजनन स्वास्थ्य शिक्षाको कारणले यौन शिक्षाको अध्ययनमा आधुनिकिकरण भएको  हो र यो अलग विषयको रूममा पनि अध्ययन हुन थालेको हो । औपचारिक शिक्षामा यौन शिक्षाको प्रवेश पछि यसको बारेमा उदार र अनुदार दुबै पक्षबाट बहस हुनथालेको हो ।  

    अहिले पनि यौन शिक्षाकाबारेमा संसारमा मुख्य दुई धारमा बहस भइरहेको छ । एउटा संयमतामा आधारित यौन शिक्षा (Abstinence Base Sex Education) र अर्को बृहत यौनिकतामा आधारित शिक्षा (Comprehensive Sexuality Based Education) । बृहत यौनिकता शिक्षाको अवधारणा भने संयमतामा आधारित शिक्षा भन्दा पछि  विकास भएको हो ।  संसारमा एचआइभीले प्रकोपको रुप लिएको समयमा (करिव ९० को दशक देखि) यी दुई धार वाहिरी बहसमा देखापरेको हो ।    

    विकसित देसहरूले हाम्रो जस्तो विकासोन्मुख देशमा गर्दै आएको यौन शिक्षामा लगानी पनि यहि दुई धारमा छन । उनीहरू मध्ये केहि देशहरूको भूराजनीति पनि बेलाबखत मुद्धामा केन्द्रित भएको हुँदा त्यहाको विकास अनुदानमा समेत प्रभाव परेको हुन्छ । जस्तैः अमेरीकाको अन्तराष्ट्रिय विकास लगानी यौन स्वास्थ्य र शिक्षाको लागि त्यहाँको राजनीतिक अवस्थाले निर्धारण गर्दछ । अमेरिकी राष्ट्रपतिमा विल क्लिन्टन पछि राष्ट्रपति बनेका जर्ज् डब्लुबुसले विकासोन्मुख देशको लागि अनुदान दिदै आएको परिवार नियोजन सम्बन्धी अनुदानमा कटौती गरेपछि वाराक ओमाबाले केहि हदमा खुकुलो पारेकोमा हाल ट्रम्पले फेरि कटौती गरे । यो धार्मीक कट्टर्ताका आधारमा युरोपमा पनि लागु भएको पाइन्छ । अमेरिकाको लागि राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकन त्यहाँका क्याथोलिक इसाईहरुको बाहुल्यता भएको मानिन्छ । जुन धार्मीक कट्टरताको रुपमा संसारभरी हेरिन्छ । त्यसैले रिपब्लिकनहरू संयम्मतामा आधारित यौन शिक्षाको पक्षमा हुन्छ भने  ओबामाको पार्टी डेमोक्रेटिक त्यसमा सहमत राख्दैन ।  संयमतामा आधारित यौनसम्बन्धी नीति बनाउँन र विशेष गरी विवाह पूर्व यौन सम्पर्क गर्न बन्देज लगाउँन र गर्भपतन गर्न प्रतिबन्ध लगाउँन अमेरीकी धुरीका राष्ट्रहरूले कानुन बनाउँन करौडौ खर्च गरेका छन । ती देशका महिलाहरू गर्भपतन गराउँन परेमा लाखौं खर्च गरेर गर्भपतन गराउँन पाइने देशमा गएर गर्भपतन गराएका हुन्छन ।

    किन विश्व धुरी यौन शिक्षाको बारेमा दुइ ध्रुवमा विभाजित छ भन्ने सवाल धेरैमा छ । यौनिकताका सवालमा धार्मीक र राजनीतिक रुपम हेर्ने दुई धारको कारण भएको स्पष्ट छ । त्यो हो परम्परागत रुपम हेरिने संयमतामा आधारित यौन शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित भएर आउने समग्रतामा आधारित भएर अपनाइने बृहत यौनिकता शिक्षा ।

    संयमतामा आधारित यौनिकता शिक्षाका पक्षधरहरूको मत अनुसार यौनिकता र गर्भनिरोधका साधनहरूबारे छलफल गरियो भने युवा तथा किशोरकिशोरीहरूले त्यसलाई प्रयोग गरी हेर्न चाहने भएकोले उनीहरू यौनसम्पर्कका गतिविधिलाई कायम गर्छन् ।

    अमेरीकी धुरीका देशहरूको अनुदानमा नेपालका संघसंस्थाहरूलाई यसको प्रचारमा लगाइयो । त्यसको लगत्तै युरोपियन युनियनको अनुदानमा बृहत यौनिकता शिक्षामा लगानी गरयो । यसरी संसार यौन सम्बन्धी विचार प्रभावका लागि गरिव देशहरूमा अरबौ लगानी गरेर राजनीतिक प्रभाव पार्न प्रयास गरेका हुन्छन ।

    संयमतामा आधारित शिक्षाका प्रमुख विशेषताहरूः

    • विवाहपूर्वको यौन सम्पर्कमा परहेजः संयमतामा आधारित शिक्षाले विवाह पूर्व हुने यौन सम्कपर्कलाई पूर्णरुपमा अस्वीकार नै गर्दछ । यसलाई चरित्र हिनताको विशेषण दिइन्छ ।  यौन जन्य संक्रमण लगायत एचआइभीबाट बच्नका लागि यो एक बलियो उपाय भएको यसका पक्षधरहरूको अडान हुन्छ ।
      यस प्रति विमती राख्ने मतका अनुसार यौन अङ्गको परिपक्व भएपछि व्यक्तिले यौन सम्पर्क गर्न सक्छ र विवाह पछि वा विवाह अगाडि यौन सम्पर्क गर्नु व्यक्तिको स्वविवेक हो । पहिलो कुरा यौनसम्पर्क सुरक्षित र यौन जोडी प्रति इमान्दार हुनुपर्दछ । दोस्रो, यौन सम्पर्क अनिच्छित वा शोषण वा दुर्व्यवहारको हुनुहुदैन ।

    • पर-स्त्री  पर-पुरुष गमन (यौन सम्पर्क) मा बन्देजः   परस्त्री / परपुरुष गमनलाई निरुत्साहित पार्ने र यौन सम्पर्कबाट टाढा रहनु नै एक मात्र अनिच्छित गर्भ धारण तथा असुरक्षित गर्भपतन, यौन संक्रमण तथा एचआईभी सङ्क्रमणबाट बच्ने बलियो आधारको रूपमा लिएको हुन्छ । त्यसैको लागि  पैरवी, नीति निर्माणका साथै विद्यार्थीहरूलाई पनि त्यही दिशामा अध्यापन गर्न पर्छ भन्ने पक्षधरहरुको मान्यता छ । यस पक्षका राष्ट्रका सरकारहरूले त्यसैको प्रचारमा गरिव देशमा लगानी गर्दछन ।  
      यसको फरक मत राख्नेहरूले  परापूर्वकाल देखि यहि भनिदै आएको हो तर यसको पालना हुनसकेन । जसका कारण यौन संक्रमण तथा एचआइभी घट्न सकेन । यौन सम्पर्कमा बन्देज असम्भव प्राय हुनेहुँदा सुरक्षित र शोषण रहित यौन सम्पर्कमा नै जोड दिनु आवश्यक छ ।

    • यौन शिक्षा भन्दा प्रजनन स्वास्थ्य शिक्षामा जोडः संयमतामा आधारितयौन शिक्षाका पक्षधरहरूले पहिलो प्राथामिकता प्रजनन स्वास्थलाई र त्यसपछि यौन शिक्षालाई दिएका हुन्छन । यसमा फरक मत राख्नेहरूले यी दुई मध्ये पहिलो प्राथामिकता यौन शिक्षालाई दिन्छन त्यस पछि प्रजनन स्वास्थ्य ।

    संयमतामा आधारित यौन शिक्षाका लागि गरिएका ती लगानीहरूको परिणाम के देखियो त ?  

    • राजनीतिक आग्रहले ल्याइएको हुनाले यो शिक्षा प्रणली दीगो हुन सकेन ।
    • विवाहपूर्व गरिने यौनसम्पर्कलाई कम गर्न सकेन ।
    • किशोरीहरूको गर्भवती हुने समस्यालाई घटाउन सकेन ।
    • एचआईभी सङ्क्रमणलाई पनि रोक्न सकेन ।

    यी परिणामहरूका कारण भ्रममूण सूचनाहरूको विकास भएको र समाजमा द्विविधा हुनगउको कारण यौन शिक्षा र अधिकारका समस्यालाई सुल्झाउनका लागि स्वास्थ्य कर्मीहरु, प्रजनन स्वास्थय सम्बन्धी अधिकारका अभियान्ताहरू लगायतका सामाजिक सङ्घसंस्थाहरुले समाधान गर्ने प्रमुख मन्त्रका रुपमा यौन शिक्षालाई बैज्ञानिक र व्यावहारिक शिक्षा बनाउँन आफ्नो पैरवीलाई अगाडि सारे र त्यसलाइ बृहत यौनिकता शिक्षा भनियो ।

    यो अवधारणामा क्रमशः सञ्जाल बन्दै विश्व व्यापी भयो । अहिले यसको पैरवीको पक्षमा संसारको ठुलो जनमत छ । जनपैरवी जारी छ । नेपालमा पनि जारी छ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री