• २०७६ जेष्ठ ६, सोमवार
  • |
  • Monday 20th May 2019
  • अल्वेज इन फेशनः कण्डम

    १ फाल्गुन २०७५, बुधबार १४:५८
    • अनुप अधिकारी /

    “अलवेज इन फेसन” (Always in Fashion) यसपालीको कण्डम दिवसको नारा हो । अनि, भ्यालेन्टाइन दिवसको पुर्वशन्ध्यामा यसपालीको अन्तर्राष्ट्रिय कण्डम दिवस मानाइदै छ । २००९ देखि हेल्थ केयर फाउन्डेसनले मनाउदै आएको यो दिवस यस बर्ष नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । यो दिवस मनाउन लागेका विभिन्न संस्थाहरूका अनुसार नेपालमा कण्डमको प्रयोग गर्ने व्यक्तिहरुको सङ्ख्या बढाउने उदेश्य राखी प्रचारात्मक रुपमा कार्यक्रम राखिएको बताएका छन।

    परिवार नियोजन फ्याक्ट सिट २०१६ का अनुसार कण्डमको प्रिभ्यालेस केवल ३.७ प्रतिशत जनाएको छ भने राष्ट्रिय एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रले प्रकाशन गरेको लागु औषधी प्रयोगकर्ताहरुमा कण्डम वितरणको अवस्था हेर्दा प्रत्येक वर्ष कण्डम प्रयोगको सङ्ख्या कम भएको देखाएको छ ‘परिवार नियोजनका साधन प्रयोग गर्ने ४३ प्रतिशतमध्ये आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेका छन्’,राष्ट्रिय एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. पोखरेलले भने, ‘जबकि कन्डम प्रयोग गर्न, बोक्न धेरै सहज छ । यसले एचआईभीसर्ने मात्रै होइन, अनिच्छित गर्भ समेत रहँदैन  भने नेपालमा असुरक्षीत यौन सम्पर्कको कारणबाट हुने समसयाहरु जस्तै अनिश्चित गर्भधारण र गर्भगतन तथा यौन प्रसरीत रोगहरूबाट सङ्क्रमितको खङ्ख्या पनि बढीरहेको छ ।

    यसैगरी एनएपिएनका अध्यक्ष राजेश दियाले एचआईभी संक्रमण दर नियन्त्रण गर्न कन्डमको प्रयोग अति आवश्यक भएको बताए । ।एचआईभी संक्रमितलाई अन्य संक्रमण रोक्न र संक्रमितबाट थप संक्रमित हुन नदिन कन्डमको प्रयोग अपरिहार्य छ’, उनले भने,राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमित रहेका छन् । त्यसमध्ये १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कहरू बढी संक्रमित छन् । नेपालका वयस्क जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१५ प्रतिशत रहेको छ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री