• २०८१ बैशाख १४, शुक्रबार
  • |
  • Friday 26th April 2024
  • यौनविकासको जीवन चक्र

    २८ श्रावण २०७५, सोमबार १५:१५

    यौनिक डेस्क/

    धेरै मानिसहरूको सामान्य धारणा हुन्छ कि यौन बच्चा र बयस्कहरूको लागि नभएर बैंश भएका युवाहरूका लागि मात्रै हो । यौन र यौनिकता साँचेर राख्न सकिदैन भन्ने कुरा त निकै पुरानो पनि हो । यौन र यौनिकता न साँचेर राख्न मिल्ने न खर्चभएर सिकिने हो । यो त हरपलमा सिर्जना भइरन्छ ।

    यौन र यौनिकताको बारेमा फरक मानिसको फरक बुझाई हुन्छ र एउटै मानिसमा पनि उमेर अनुसारको बुझाई र प्रस्तुतीमा फरक परेको हुन्छ । अनि धेरै मानिसको सोचाइमा यौन भनेको यौनसम्पर्क (संसर्ग) मात्रै हो तर यौन त्यो भन्दा धेरै फराकिलो कुरा हो । यौन भनेको त्यो सँग सम्न्धित भएर आउँने धेरै बृहद विषय हो ।  त्यसैले भनिएको हो कि मानिसको यौन र यौनिकता आजीवन कायम हुन्छ ।

    बाल्याबस्थाको यौनिकता

    बच्चा जन्मनुअघि नै यौनिक र लैङ्गिक हुन्छन् । पुरुष शिशुहरुको गर्भमा हुँदा पनि लिङ्ग उत्तेजित हुने गर्छ भने केहि जन्मिदा पनि लिङ्ग उत्तेजित भएर आएको हुन्छ । शिशुहरूले पनि आफ्नो  यौनाङ्ग चलाएर आनन्द लिएका हुन्छन । साना केटाकेटीहरूले पनि हस्तमैथुनबाट चरम सुख लिएका हुन्छन, तर किशोरावस्थामा नपुगुन्जेलसम्म वीर्य स्खलन भने हुँदैन । अधिकांश बच्चाहरू दुई वर्षको उमेरसम्ममा महिला र पुरुषको यौनाङ्गहरुका बारे छुट्ट्याउन सक्ने भएका हुन्छन । उनीहरू अधिकांशले यो कुरा पिसाव फेरेको देखेर थाहा पाएका हुन्छन ।

    उत्तर बाल्यावस्थाका बालबालिकाहरूमा अनेकौ कुराका बारेमा जानाकारी राख्न स्वभावैले उत्सुक हुन्छन । जसमा यौनिकता पनि एक रूचिको विषयमा पर्दछ । विभिन्न तरिकामा पिशाब फेर्ने र अरुले फेर्दा पनि चासो राख्दछन । बच्चाहरू स्वभावैले माया चाहने हुन्छन्, त्यसै कारण अन्य बच्चाहरू वा वयस्यहरुले अंकमाल गर्दा खुशी हुन्छन्, आनन्द महशुस गरेका हुन्छन । यसमा उनीहरूको यौनिक अनुभूति पनि भएको हुँदा धेरै आनन्द भएको हो । सवैसँग घुलमिल हुन चाहन्छन र केटीसाथी बनाउँन पनि उत्तिकै उत्सुक हुन्छन । साथसाथै आफ्ना समकालिनहरूसँग यौन क्रियाकलापहरूका बारेमा कुराकानी गर्न रुचाएका हुन्छान भने कतिपयले ठूला मानिसको नक्कल गरेर अभ्यास पनि गरेका हुन्छन ।

    विभिन्न खेलको माध्यबाट पनि यौन उत्सुकताका बारेमा जानाकारी लिने र आनन्द लिने गरेका हुन्छन । जस्तै धेरै जसोले डाक्टरको भुमिका खेलेर अरु बच्चाहरुको यौनाङ्ग जाँच गर्ने र आफ्नो पनि देखाउने गर्दछन् । यो एउटा सामान्य जिज्ञासा हो । ४/५ वर्षको भएपछि उनिहरु आफ्नो लवाईमा परिवर्तन चाहन्छन र  नुहाउदा गोपनीयता अपनाउँन थालेका हुन्छन । आफ्नो पारिवार र छिमेकीहरूको पनि अवलोकन  गरेका हुन्छन ।  बिवाहको औचित्य सम्बन्धी ज्ञान आर्जन हुनथालेका हुन्छ । विवाह पछि श्रीमान श्रीमति भएर सँगै  बस्नुको खुल्दुली हुनथाल्छ ।

    आफ्ना अभिभावकहरूको यौनसम्बन्धका बारेमा निरन्तर अवलोकन गरिरहेका हुन्छ र ती जानाकारीहरूका आधारमा उनीहरू भाँडाकुटी खेल्छन । यो खेलमा बा आमा र छोराछोरीको भूमिका विभाजन गरी परिवारका मानिसहरूको नक्कल गरेका हुन्छन र त्यसमा यौनिकताका लाक्षणिक भूमिकाहरू पनि प्रस्तुत गरेका हुन्छन । बा आमा बीचको यौनसम्पर्क उनीहरूले देखेका भए त्यसको पनि नक्कल गर्न पछि पर्दैनन ।   ठुलो भएपछि आफ्नो विवाहको बारेमा पनि साथीहरूसँग कुराकानी गरेका हुन्छन । किशोरावस्थाको नजिक पुगेका बालबालिकाहरू आफ्नो उमेर समुहका साथीहरूसँग एकअर्काको यौन अङ्गहरु हेर्ने, सँगैबसेर हस्तमैथुन गर्ने र यौनिक खेल खेल्न थाल्दछन । यौन शिक्षाको अभाव भएमा र यौनसम्बन्धी भ्रमहरू धेरै भएमा विभिन्न जिज्ञासाको कारणले जोखिम पूर्ण यौन सम्बन्ध राख्ने खतरा पनि बढ्ने सम्भावना हुन्छ ।

    किशोरावस्थाको यौनिकता

    भन्नेगरिन्छ किशोरावस्था भनेको आधिबेरीको उमेर समय हो ।  त्यो समय शारीरिक तथा मानसिस परिवर्तनहरू छीटोछिटो हुनथालेको हुन्छ । शारीरि परिपक्क हुदैगएको देखिन्छ ।  कतिपय केटीहरूको ९/१० बर्षकै उमेरदेखि महिनावारी शुरू हुन्छ । स्तन बढ्न शुरु हुन्छ, तन्तु र योनीको वरीपरी साथै काखी र हातगोडाहरूमा  रौँहरु बढ्न थाल्छन् । किशोरावस्थाको शुरुवातसँगै केटाहरुको लिङ्ग र अण्डकोषको आकार वढ्न थाल्दछ । वीर्यको उत्पादन हुनथाल्छ र हस्तमैथुन गर्दा वीर्य स्खलन हुँदा चरम आनन्द महशुस गरेका हुन्छन । उमेर बढ्दै जाँदा हस्तमैथुन गर्ने क्रम पनि बढ्दै जान थालेको हुन्छ ।

    यी परिवर्तनहरूका कारण किशोरकिशोरीहरू कतिपयलाई यौन जिज्ञाषाहरू धेरै नै बढ्नथाल्दछ । धेरैजसो आफ्नै परिवर्तन देखि अचम्ममा परेका हुन्छन । आफ्ना साथीहरूमा आएको यौनिकताका परिवर्तनहरूमा पनि चासो लिइरहेका हुन्छन ।  अक्सर अरुको अगाडी लुगा फुकाल्न र नाङ्गो शरीर देखाउँन असहज महसुस गर्दछन् तर लुकिछिपी अरूको चाहिँ हेर्न मनपार।उँछन । समलिङ्गीय अनुभूति पनि यहिबाट नजानिदो गरी शुरूभएको हुन्छ । केटा  समलिङ्गी भए केटी मन नपर्ने र केटी समलिङ्गी भए केटा मन नपर्ने स्वभावहरू शुरू भएकोहुन्छ ।

    हस्तमैथुन गर्ने क्रम पनि विस्तारै बढ्दै गइरहेको हुन्छ । किशोरावस्थाको शुरूवातसँगै केटाकटीहरुमा सामान्यतया यौनसम्पर्कको  अनुभव हुदैनन तर तिनीहरुसँग यस सम्बन्धी अनेकौ जिज्ञाशाहरू हुनाले आफ्नो मनपरेका र विश्वसनीय साथीहरूसँग  प्रश्नहरु सोधिरहेका हुन्छन् । यौन सहवास, मुख मैथुन, समलैङ्गिक सहबास, बलात्कार, हाडनाता करणी (सगोतसंभेग) आदिका बारे  सुनेका हुन्छन र ती सबै कुराहरुको बारेमा जान्न चाहन्छन् ।

    सामान्यतः लैङ्गिकताको आधारमा यौन ब्यबहारलाई सामान्यकरण गरिरहेका हुन्छन । जस्तै छोरा भएको कारण के भूमिका र छोरी भएबापतको भूमिका । कस्तो र कति नाता भित्र विवाह र यौन सम्बन्ध हुनुहुदैन । आदि । उनीहरूले यस्ता यौन र यौनसम्बन्धका बारेमा घुमफिर गर्दा, खेल्दा, भेटघाट हुँदा  साथीहरुबाटै थाहा पाएका हुन्छन त्यसैले यी कुराहरू सबै सही नभएर भ्रमपूर्ण हुनपनि सक्छ । किनकि हाम्रो समाजमा अभिभावकले छोराछोरीहरूसँग जीवनोपयोगी सीपबढाउँन यौनका कुराकानी गरेका हुदैनन । न त स्कूलमा यौन शिक्षा राम्रोसँग दिइन्छ ।

    किशोरावस्थाको अर्को महत्वपूर्ण विशेषता भनेको आफ्ना अभिभावकसँग भन्दा साथीहरूसँग नजिक भएका हुन्छन । धेरै समय उनीहरूसँगै विताउन चाहन्छन । त्यसैले अभिभावकका भन्दा साथीको कुरामा बढि ध्यान दिन पनपराउँछन । क्रमशः साथीहरूसँग निकै नजिकको घुलमिल हुने क्रममा उनीहरू बीच चुम्बन गर्नु, अङ्कमाल (हगिङ्) गर्नु, जुठो खानु. समूहिक डेटिङ गर्न मन पराउँछनुमा धेरै आनन्दा ठान्दछन ।  अभिभावकले यी कार्यहरूमा बन्देज लगाए पनि अनेकौ बहानामा उनीहरूको चाहना पुरा गरेकै हुन्छन ।  सही ज्ञानमा आधारित यौन शिक्षा नपाएमा यो उमेरमा जोखिम पूर्ण यौनसम्पर्क गर्न पनि सक्छन । धेरै बन्देज भए अझै जोखिम यौन क्रियाकलाप गर्न पछिपर्दैनन ।

    उनिहरु विभिन्न भोज र उत्सवहरुमा उपस्थित हुन धेरै नै मन पराउँछन । धेरैले आलो पालो साना वा ठूला भोजको आयोजना गरेर आफ्ना मन मिल्ने साथीहरूलाई अतिथीका रुपमा बोलाउँन चाहन्छन र त्यसमा केटा केटी सबै मिसिएका अतिथि मन पराउँछन । केटा केटीहरू बीच साथी बनाउँने यो उनीहरूको लागि राम्रो अवसर पनि हो ।

    किशोरावस्थामा सानातिना कुराले पनि उनीहरूलाई  छिट्टै नै तनाव हुन्छ र खुसी हुन पनि धेरै ठूलो कुरा चाहिन्न । बरू यहि उमेरमा जीवनमा सबैभन्दा सरिक (रोमान्टिक) भएका हुन्छन । उनीहरूको यौनिकताले यसलाई झन बढावा दिएको हुन्छ । यो स्वभाविक र प्राकृतिक नियम पनि हो । यस्तो कुरामा अभिभावकले राम्रो ख्याल  नपुर्याइ गालीगलौज र अनावश्यक नियन्त्रण गर्दा दुर्घटना पनि हुनसक्छ ।

    किशोरकिशोरीहरूमा आफ्ना अभिभावकका यौनिकताका बारेमा चासो बढ्दै जानेहुनाले यसलाई नजिकैबाट नियालेका हुन्छन । यौनिकताका बारेमा अभिभावककै दोहोरो भूमिका भएको थाहा पाउँदा अभिभावकले भनेका केहि कुराहरू पनि उनीहरूले पत्याउँदैनन ।   जति उनीहरू परिपक्व हुदै जान्छन उनीहरूले मन मिल्ने कुनै साथीसँग बलियो भावानात्मक सम्बन्ध बनाएका हुन्छन र प्राय धेरैले विपरित लिङ्गी साथीहरू बनाएका हुन्छन र यौन क्रयाकलापमा पनि संलग्न भएका हुन्छन तर सबैले यौनसम्पर्क नै गरेका हुन्छन भन्न पनि सकिदैन । कनकि कतिपयले यौनसम्पर्क विविह पछिका लागि पनि साँचेका हुन्छन । यौन सम्बन्धमा आफ्नो भावना ब्यक्त गर्न पाउँनुलाई प्राकृतिक नियम भएको अनुभव गर्ने हुनाले समलिङ्गी साथीहरू छनौट गरी ससाना समूह बनाएका हुन्छन । धेरै अध्ययनहरूले बताए अनुसार किशोरावस्थाका उत्तरार्ध तिर वा युवाअवस्थाको शुरूवात हुँदासम्म यौनसम्पर्कको अनुभव गर्नेको संख्या धेरै नै भइसकेका हुन्छन । सही किसिमले यौन शिक्षा अभव हुँदा ती मध्ये धेरैले भागेर विवाह गरेका वा अनिच्छित गर्भधारण गरेका हुन्छन ।

    युवाअवस्थाका यौनिकता

    यौन सम्बन्धका लागि परिपक्व उमेर युवाअवस्था हो । युवा अवस्थाको शुरूवात यौनसम्बन्ध मात्र होइन विवाह गरीघरजम गर्न थाल्ने शुरूवातको उमेर पनि हो । यौनाङ्गहरूको पूर्णरुपले विकास भएको हुन्छ भने महिलाको पाठेघरको पनि पूर्णरुपले विकास गएको हुँदा बच्चा जन्माउँन योग्य भएका हुन्छन । समलिङ्गीय जीवन शैली अपनाउँने युवाहरू यहि उमेरबाट खुलेर आफ्नो यौन पहिचान देखाउँन थालेका हुन्छन ।

    सामाजिक तथा पारिवारिक जिम्मेवारी बहन गर्न सक्ने परिपक्वता भएको हुँदा जीम्मेवार यौनसम्बन्ध कायम गर्ने उमेर पनि भनिन्छ तर  यौन तथा प्रजनन स्वस्थ्य र अधिकार, यौन शिक्षा आदिको अभावका कारण अन्य उमेर समूह भन्दा यो उमेर समूहका धेरै मानिसहरू यौन हिङ्सामा सहभागी भएका हुन्छन ।

    वयस्क उमेरको यौनिकता

    प्राय मानिसहरूको युवा अवस्था पार गरिसक्दा पनि यौन चाहना र यौनिकतामा कमि नआएतापनि यौनसम्पर्कको क्रम भने नजानिदो गरी विभिन्न कारणले घट्दै गएको हुन्छ । शारीरिक रुपमा सुखि र मानसिक रुपमा दुखि जीवन शैली अपनाउँने वयस्कहरू प्राय धेरैजसोलाई रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्या हुनेहुँदा यौनसम्पर्कमा कमि आउँनु स्वभाविकै हुन्छ । व्यवहारिक कारणले विभिन्न किसिमका तनावहरू पनि  अरू उमेरमा भन्दा यहि उमेरम बढी हुनेहुँदा यसको कारणले पनि यो उमेरमा यौनसम्पर्क युवाअवस्थामा भन्दा कमि आउँनु स्वभाविकै हुन्छ । यौन असन्तुष्टीका समस्या बयस्क उमेरसमूहमा युवाअवस्थामा भन्दा बढी हुने गर्दछ ।

    यौन जीवनलाई सक्रिय बनाउँने विभिन्न किसिमका यौन हर्मनको उत्पादन पनि वयस्क उमेरबाट कम हुँदै जानेहुनाले युवाउमेरमा जति यौनसम्पर्को क्षमतामा कमि आउँनु स्वभाविकै हो । वयस्क उमेरको उत्तरार्धमा यहि यौन हर्मनहरू उत्पादनमा कमिहुनाका कारण लिङ्ग उत्तेजित हुनपनि युवावस्थामा भन्दा निकै ढिलो हुनथाल्दछ भने कतिपय वयस्कहरूको स्खलन पनि ढिलो हुनेहुनाले यौन जोडीलाई पीडा हुन्छ । यो अवस्थाका वयस्कहरू प्रायको एक पटक यौनसम्पर्क गरेपछि दोस्रोपटक गर्नका लागि लिङ्ग उत्तजित हुन कहिलेकाहि त २४ घण्टासम्म पनि सपय लाग्दछ । वयस्क उमेरका मानिसले पनि हस्तमैथुन गर्छन तर प्राय यसमा पनि स्खलन ढिलो हुनाका कारण लिङ्गमा घर्षण बढीहुनाले शुक्ष्म घाउहरू हुनसक्ने सम्भावना हुन्छ । वयस्क उमेरको उत्तरार्ध तिर उत्पादन हुने पुरूषको शुक्रकिट युवा उमेरमा भन्दा कम्जोर हुनेहुँदा बच्चा जन्माउँदा युवा उमेर देखि वयस्क उमेरको पूर्वार्ध अवधिमै जन्माउँनु उत्तम हुने कुरा बताउँछन यौन विज्ञहरू । त्यसैगरी महिलाहरू प्रयको ४५ बर्षबाट नै महिनावारी सुक्न थाल्ने हुँदा र उनीहरूको पाठेघरमा उत्पादन हुने डिम्ब पनि युवाअवस्थाको जस्तो नभइ कम्जोर किसिमको हुनेहुँदा ३५ बर्ष अगावै इच्चा लागेजति सन्तान जन्माउँनु पर्ने प्रजनन स्वास्थ्य विज्ञहरूको सुझाव हुन्छ । वयस्कको उत्तरार्धमा महिनावारी पनि सुक्ने हुनाले उनीहरूमा यौन उत्तेजना गराउँने यौन हर्मनहरूको उत्पादन पनि निकै कम हुनेहुँदा महिलाहरूमा पनि यौनसम्पर्क क्षमतामा कमि आउन थाल्दछ ।

    बृद्धा अवस्थाको यौनिकता

    यौन चाहनालाई उमेरले बारबन्देज लगाउदैन । बृद्धा अवस्थामा पनि यौन चाहनामा कुनै कमि आउँदैन तर यौनसम्पर्को   पनि क्षमतामा भने कमि हुदै गएको हुन्छ तर पनि जतिपटक वयस्क उमेरमा यौनसम्पर्क हुनसक्छ त्यो भन्दा कम मात्र हो । कतिपय स्वस्थ मानिसहरू विशेषगरी पुरूषहरू ९० बर्षसम्म पनि यौनसम्पर्कमा सक्षम भएको पाईन्छ । महिलाहरू पनि उत्तिकै सक्षम हुनसक्छन तर योनीमा रसाउँने चप्लो पदार्थको उत्पादन अति नै न्युन हुनेहुँदा लामोसमयको घर्षणले गर्दा टटाएर पीडा हुन्छ । योनीमार्गलाई चिप्लो बनाउँन लागउँने मिल्ने बजारमा विभिन्न नामका जेलहरू पाइन्छ । त्यसको प्रयोग गरी उनीहरूले पनि पुरूषहरूले जत्तिकै यौन आनन्द लिनसक्छन । यसको प्रयोग गर्नुपूर्व एकपटक डाक्टरसँग पनि परामर्श लिनु उपयुक्त हुन्छ ।

    लिङ्ग उत्तजित गराउँनका लागि कतिपय वयस्क तथा बृद्धहरूले विज्ञापनको लहैलहैमा लागेर अनेकौं औषधिहरू प्रयोग गरेका हुन्छन । यसरी जथाभावी औषधि खादा कहिलेकाहि ज्यानै पनि जान सक्नेहुनाले यसको प्रयोग गर्नु पहिला डाक्टरसँग सल्लाह लिनु नै बुद्धिमानी हुन्छ ।

     

    तपाइको मत
  • भिडियो सामाग्री