• २०८१ बैशाख ७, शुक्रबार
  • |
  • Friday 19th April 2024
  • चिनीरोगले यौन दुर्बलता

    २४ बैशाख २०७५, सोमबार १५:४६
    • अनुमालिका शर्मा /

    “चिनी रोगले भेटेका मान्छेहरू शुरूमा चिनीरोगकै कारण यौन दुर्बलता हुन्छ भन्ने कुरा पत्याउँदैनन । किनकि शुरूका दुईतीन बर्षसम्म उनीहरूको यौन क्षमतामा खासै कमी आएको थाहा हुँदैन ।” गठ्ठाघरको एउटा क्लिनिकमा जचाउँन आएका डाइबर माइलालाई डा मुकेशले सम्झाउँदै भनेको कुरा हो यो । उनले चिनीरोगको औषधि खान  थालेको पाँच बर्ष भएछ । उनको यौन सक्रयता विस्तारै घट्दै गएर अब त सिथिल हुनथाले पछि भने बल्ल थाहा पाएका हुन ।

    डाइबर माइलाले गुनाशो थप्दै भने “डासाप के भएको हो शुरूमा त पहिलाकै जस्तो ठीकै हुन्छ अनि एकै छिनमा सक्दैसक्दिन”  उनको आसय चाहिँ पुरा समय यौनसम्पर्क गर्न नसकेको हो । डा मुकेशले हाँस्दै सम्झाए “तपाईले यसरी चिन्ता गर्नुभयो भने तपाईको यौन क्षमता झन घट्छ । तपाईलाई मात्र होइन चिनीरोग लाग्ने सबैको अवस्था यस्तै हो । पहिलाको तुलनामा अब चिनीरोग लाग्ने मान्छेको संख्या निकै बढ्दैछ । पीर नमान्ने मान्छे भन्दा  पिरोल्लिनेहरू छिटो कम्जोर भएका हुन्छन । ” डाइबर माइला अलिकति हौसिएर “हस डासाप” भन्दै विदा भए ।

    डाइबर माइला जस्ता धेरैले चिनीरोगको भन्दा त्यसको कारणले गर्दा भएको यौन दुर्बलताका कारण धेरै गुणा चिन्तित भएका हुन्छन । चिनीरोग नलागिहालेका मानिसले सोचौ त तपाईको पनि हालत डाइबर माइलाको जस्तै भयो भने के हालत होला ? तपाई हामी शारीरिक काम गर्न वा अभ्यास गर्न अल्छि मान्दा वा खानपिनमा लापर्वाही गर्दा डाइबर माइलाको हालतमा पुग्न कति पनि धेरै बर्ष कुर्न पर्दैन ।

    कसरी घट्छ यौन क्षमता ?

    चिनीरोगको असरका कारणले पहिलो कुरा त लिङ्ग उत्तेजित हुनै  मुस्किल, भइहाले पनि यौन सम्पर्क गर्दागर्दै सिथिल हुँदै जान्छ । जसको कारण श्रीमान श्रीमति नै असन्तष्ट हुन्छन र विस्तारै मानसिक तनावमा पुगेका हुन्छन । चिनीरोगको कारण महिलामा पनि यौन दुर्वलता पनि हुन सक्छ ।

    चिनीरोग (मधुमेह)का कारणहरू हुने यौन दुर्बलता अरू कारण भन्दा अगाडि आउँछ । कतिपय मधुमेह भएका मानिसका यौन दुर्वलताको उपचार गराउन आउँदा आफुलाई चिनीरोग लागेको थाहा पाएका हुन्छन ।

    मधुमेह भएका मानिसहरूमा लिङ्ग उत्तेजित नहुनाका कारण धेरै हुनसक्छन तर यसका मुख्य तीनवटा कारणहरू भएको बताउँछन डा मुकेश । पहिलो कारणमा लिङ्ग उत्तेजित हुन लिङ्गमा जति मात्रामा रक्तसंचार हुनुपर्ने हो त्यति मात्रामा नहुनु र स्नायु प्रणालीमा नै पर्ने प्रभाव हो । दोस्रो, रगतमा अनियन्त्रित रूपमा चिनीको मात्रा बढ्नु हो । तेस्रो, अबदेखि मेरो लिङ्ग उत्तेजित हुंदैन भन्ने मनोवैज्ञानिक रुपमा चिन्ता । चिनी रोग नलागेका मानिसहरूमा पनि अत्याधिक चिन्ता बढ्यो भने लिङ्ग उर्त्तेजित हुदैन ।

    स्नायु प्रणालीले संवेग (Emotion) ल्याएर लिङ्ग उत्तेजित हुने हो । रगतमा चिनीको मात्रा अत्यधिक बढ्न थालेपछि लिङ्गको वरिपरि रहेका स्नायु तन्तुहरूलाई रक्तसञ्चार गर्ने रक्तकेशिकाहरू बिग्रन्छन् । जसका कारण स्नायु तन्तुहरू पनि खराब हुन्छन् । त्यसो भएपछि स्नायुप्रणालीबाट लिङ्गमा जानुपर्ने उत्तेजनाको सन्देश जाँदैन । फलस्वरूप लिङ्गमा रक्तसञ्चार नभएको हो । लिङ्ग उत्तेजित भएर दरो हुनका लागि शरीरका अन्य भाग हुने रक्त सञ्चारको तुलनामा १६ गुणा बढी भएको हुनुपर्छ ।

    महिलालाई पनि हुन्छ ?

    महिलाहरूलाई पनि चिनीरोगको कारण यौन दुर्बलता हुन्छ । जनरल फिजिसियन डा अच्युत कार्कीले बताए अनुसार  चिनी रोगको कारण योनीको संक्रमण भैरहने, पिसाब थैलीको संक्रमण हुने आदि समस्याहरू हुन्छन । जसको कारण यौन चाहनामा कमी आउँछ । यौन सम्पर्कका बेला आउनुपर्ने योनीरस यथेष्ठ मात्रामा नआउँदा योनी सुख्खा भइ पिडादायी योनसम्पर्क हुनथाल्छ । जसको कारण महिलामा यौन चाहना क्रमश घट्दै जान्छ ।

    समाधान के हो ?

    चिनी रोग लाग्नुबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसको लागि प्रयाप्त मात्रामा शारीरिक अभ्यास गर्न वा शारीरिक श्रम सम्बन्धी काम गर्न कहिल्यै अल्छी हुनुभएन ।

    त्यत्तिकै महत्वपूर्ण कुरा हो खानपीनमा सधै ध्यान पुर्याउँनु पर्छ । चिनी र चिल्लो धेरै भएका खानेकुरा नखाने, नमोटाउने र हरियो सागसब्जी तथा फलफूलहरू प्रशस्त मात्रामा  सधैं सेवन गर्ने गरे मात्रै चिनी रोग लगायत मुटुसम्बन्धी रोग, क्यान्सर आदि रोगहरूबाट बच्न सकिन्छ । मदिरा सेवन सकेसम्म नगर्ने र गर्नै मनलागेको दिन पनि थोरै मा (हप्ताम बढिमा ३ दिन २-३ पेग) मात्र पिउन सकिन्छ । जाँडसक्सी नियमित पिउनेलाई चिनी रोग लगायतका अरू किसिमका पनि दीर्घरोग गराउँने धेरै सम्भावना हुन्छ । अनि नियमित रुपमा जाँड रक्सी पिउँने बानी भएका मानिसलाई त्यसैले पनि विस्तारै यौन दुर्बलता बढ्दै जान्छ ।

    ल, यति गर्दागर्दै पनि कसैलाई चिनीरोग लागिहालेछ भने ज्यादै मुखबारेर बस्नुको सट्टा चिकित्सको सल्ला

    ह अनुसार औषधीको सेवन गर्न थालिहाल्ने । किनकि ‍औषधिले रगतमा चिनीको मात्रा अत्यधिक हुन दिदैन । शारीरिक अभ्यास वा श्रम गर्नेबानीलाई निरन्तरता दिनेगर्नुपर्छ ।  हरियो सागसब्जी र फलफूल प्रशस्त नियमित रुपमा खाने, मदिरा र सुर्तीजन्य पदार्थ सेवन गर्न बन्द गर्ने । औषधि कुनैपनि दिन नटुटाइ खाने । यति काम गरेमा यौन दुर्बलताबाट बच्न सकिन्छ । सामान्य यौन जीवनमा फर्कन सकिन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री