• २०७६ मंसिर २५, बुधबार
  • |
  • Wednesday 11th December 2019
  • माइजु भान्जीको यौनका कुरा

    २२ चैत्र २०७४, बिहीबार १२:३८
    • मनिषा साह /

    मालिका स्कूलबाट घर पुग्दा उनकी माइजुलाई घरमा देखेर खुब खुसी भइन । मालिकाको आफन्तमा सबैभन्दा मनपर्ने नै माइजु हुन । माइजु भान्जीको कुरा अलि गोप्य भएकोले मालिकाले माइजुलाई आफ्नो कोठामा जान प्रस्ताव गरिन । मालिकाको माइजुसँग यौनका मामीला धेरै छन । आजा धेरै भलिभाँती छ त्यसैले उनलाई संकोच पनि उत्तिकै छ ।

    कोठामा मालिकाले कपडा खोलिन । उनले प्याड लगाएको  माइजुले प्रष्टै थाहा पाइन तर माइज्युलाई यो कुरा खुल्दुली भएको थियो । अनि यो उनको पहिलो महिनावारी होइन होला भन्ने सोचिन किनकि पहिलो महिनावारी भए त अभिभावकरहरूले  १५ दिन सम्म घरमा राख्ने थिएनन ।  मालिकाले प्याड फेर्न झोलाबाट नयाँ प्याड झिक्दा स्पष्टै बुझिन । माइजुले  थाहा पाएको मालिकाले पनि सुइको पाइन । उनले प्याड फेरेर आउन्जेलसम्म वातावरण अनुकुल बनिसकेको थियो ।

    मालिका र माइजु बीच एकआपसका व्यक्तिगत कुराकानी पछि माइजुले सोधिन “भान्जी ‘मिन्स’ भएको ?”  मालिकाले लज्जाउँदै भनिन “हो माइजु तर कसैलाई पनि नभन्नु है ?” उनको दयालु र निर्दोसी स्वभाव  भल्कियो । अनि उनलाई माइजुको गोपनीयता प्रति विश्वास थियो  । माईजुले फेरि सोधिन “दोस्रो पटक हो ?” मालिकाले लज्जाउँदै होइन भन्ने साङ्केतिक भाषामा मुण्टो मात्र हल्लाइन । मालिकालाई पनि थाहा थियो कि उनको परम्परा अनुसार पहिलो पटकको महिनावारीको बेला बाबा र दाजुभाईहरूले देख्नु अगाडि नै घरभन्दा बाहिर बस्नुपर्छ । माइजुले फेरि सोधिन “आमालाई पनि तिम्रो महिनावारीको बारेमा थाहा छैन ?” उनले उसै गरी मुण्टो मात्रै हल्लाएर छैन भन्ने संकेत गरिन । माइजुले होसियारी अपनाउँदै फेरि सोधिन “तिमीलाई कुनै डर लागिरहेको छ कि छैन ?” माइजुको यो प्रश्न पछि एक छिन गम खाएर भनिनन “मलाई बाबा आमाले थाहा पाउँने हुन कि भन्ने मात्रै डर लागेको अरू त के को डर ? ” उनले यतिबेला चाहिँ निर्धक्कसँग भनिन ।  मालिकाको आत्मा विश्वाश प्रति चकित पर्दै माइजुले फेरि हाँस्दै सोधिन “साँच्चै हो ? यस्तो आँट कसरी आयो ?”

    मालिकाले निर्धक्कसँग माइजुलाई आफुले जानेको कुरा बताइन – हाम्रो स्कूलमा ‘पियर एजुकेटर’ दिदीहरू हुनुहुन्छ धेरै कुराहरू उहाँहरूले भन्नुभएकोले  नै थाहा भएको हो ।

    मालिकाले भनिन – हेर्नुस माइजु, दिदीहरूले भन्नुभएको थियो, पहिलो पटक महिनावारी हुँदा पेटको तल्लो भागमा दुख्छ । त्यतिबेला ख्याल गर्नुपर्छ महिनावारी भएको हो भने रगत बग्छ  र बगेन भने अरू नै कारण हुनसक्छ । मालिकाले यति कुरा बझेकोमा माइजुले मुस्कुराइ दिएपछि माइजु भान्जी खुब हाँसे ।

    अनि माइजुले सोधिन अरू के के हुन्छ थाहा छ ?

    मालिकाले भनिन बरु अहिले हामी मात्रै भएको मौकामा अरू कुराहरू पनि भन्नुस न माइजु । मलाई धेरै कुराहरू त थाहा छैन । त्यस पछि त म पनि अरू साथीहरूलाई भन्नसक्छुन  नि ।”

    माइजुले भनिन कुनै कुनै बेला त कसैलाई महिनावारी भएको बेला तल्लो पेट असाध्यै नै दुख्छ । यस्तो बेलामा किशोरीहरू धेरै अत्तालिन्छन । आफु भन्दा ठुला मानिससँग सहयोगको लागि कुरा गर्न पनि डरले गर्दा सक्दैनन । साथीहरूले पनि थाहा पाए जिस्याउलान भन्ने  शंकोच हुनसक्छ । यस्तो बेलामा सबै भन्दा पहिला अत्तिनु हुदैन किनकि यो खतराको लक्षण होइन बरू प्रकृतिक लक्षण हो र आफु निरोगी रहेनछु र प्रजननका लागि म सक्षम रहेछु भन्नेकुराले बरु खुसि हुनुपर्दछ । धेरै नै दुखेमा नजिक स्वास्थय सेवा पाइन्छ भने उपचार गर्ने । यदि त्यो सेवा छैन भने तातोपानीको थैलो वा कुनै बस्तु तताएर दुखेको ठाउँमा निकैबेर सेक्ने । जसको कारण पाठेघरमा अड्किएको रगत निस्कन मद्दत मिल्छ र दुखाइ हराउँछ । पाठेघरको मुख राम्रोसँग नखुल्दा महिनावारी हुँदा आउँने रातो पदार्थ निस्कन नसक्नाले तल्लो पेट दुखेको हो । यो कुरालाई ख्याल नपुर्याउँदा उनीहरू अत्ताल्लिएका हुन ।

    मालिकाले सोधिन – महिनावारी भनेको चाहिँ के हो नि माइजु ?

    माइजुले भनिन  – नामबाट नै थाहा हुन्छ नि हरेक महिनामा महिलाको योनीबाट हुने सक्तश्राप । यो सामान्य शारीरिक प्रक्रिया हो र यो महिलाको पाठेघर पूर्ण रुपले विकास भएको अवस्था हो । अनि पाठेघर भन्दा माथि अण्डासयमा अण्डा उत्पादन हुनथालेको अवस्था पनि हो ।

    मालिकाले सोधिन –  माइजु यो रगत चाहिँ कसरी आउछ ?

    माइजुले भनिन – महिनावारी हुँदा पहिला पहिला सबै किशोरीहरूलाई यो कुराले कोतुहलता पैदा गरेको हुन्छ । त्यसकारण उनीहरूलाई महिनावारी हुनु पहिला नै यस्ता कुराहरूको जानाकारी हुनुपर्दछ । त्यो काम अभिभावकले वा शिक्षकहरूले नै दिनुपर्ने हो । उनीहरूले यस्ता कुरा नभनिदिँदा बाहिरका मानिसहरूबाट नचाहिँदा कुराहरू सुनेर कतिपय किशोरीहरू डराएका हुन्छन भने कतिपय किशोरकिशोरीहरूमा अनेकौं भ्रम सिर्जना भएको हुनसक्छ ।

    माइजुले फेरि भनिन – महिनावारीलाई रजस्वला भएको पनि भनिन्छ । रजस्वला हुँदा योनीबाट थोरै मात्रामा रगत जस्तो रातो पदार्थ निस्कन्छ । यो दुइ देखि तीन दिनसम्म आउनसक्दछ । यो पाठेघरबाट नै आएको हुन्छ । पाठेघरको भित्रि भागमा शरीरका विभिन्न भागबाट विभिन्न रसायनहरू आएर विस्तारै टाँसिरए बाक्लिदै गएको हुन्छ । करिव एक महिनासम्म जम्मा भइसकेपछि यदि महिला गर्भवती भइनन भने त्य बाक्लिएको भाग पाठेघरको धित्ताबाट खुस्किएर योनीको मुखबाट बाहिर निस्कन्छ । यस्तो पदार्थमा रगत पनि केहि मात्रामा हुन्छ तर हेर्दा रातो रङ्गको भएपनि ती सबै रगत भने होइन ।

    मालिकाले सोधिन – मेटमा बच्चा कसरी बन्छ माइजु ?

    माइजुले प्रष्ट्याउँदै भनिन – हेर भान्जी ! पाठेघर भन्दा माथि अण्डा बन्ने ठाउँबाट हरेक महिनामा एउटा अण्डा विकसित भई त्यहाँबाट बाहिर निस्कन्छ । त्यो अण्डा पाठेघरसँग जोडिएको सानो नलीको बाटो हुँदै पाठेघरको भित्तामा आएर टाँसिसएर बस्छ । त्यो अण्डा हिँड्ने  नलीलाई डिम्बबाहिनी नली भनिन्छ । पाठेघर तिरको यात्रामा हिँडेको त्यो  अण्डासँग भेटभइ अण्डा भित्र शुक्रकिट पस्यो भने बच्चा बन्न शुरू हुन्छ र महिनावारी हुन बन्द हुन्छ ।   त्यसैलाई गर्भधारण भएको भनिन्छ ।  यदि गर्भधारण भएन भने मात्र त्यो अण्डा सहित रजस्वला हुन्छ । त्यसैलाई महिनावारी भनिएको हो ।

    मालिकाले सोधिन – पाठेघरमा बच्चा कसरी हुर्कन्छ ?

    माइजुले भनिन – शुक्रकिट लागेको अण्डालाई पाठेघरमा गर्भधारण गरेपछि पाठेघरले नै पालनपोषण र संरक्षण गर्छ । अण्डा विस्तारै भ्रुणको रुपमा बदलिन्छ । भ्रँण भनेको मान्छेको आकार बन्दै गएको बच्चा नै हो ।  पाठेघरको भित्री तह बाक्लो हुँदै जाने पदार्थ नै त्यहि अण्डा र पछि बन्ने भ्रुँणको लागि  पोषणको  हो । अर्थात त्यो गर्भको बच्चाको लागि हुर्कन बढ्न चाहिने पोषण तत्व हो । जब भ्रुँणसँगै साल अर्थात साथी बन्छ त्यसपछि त्यहि साथीको सहयोगमा हुर्कने बढ्दै बच्चाको रुपमा विकास हुन्छ । जन्मिएपछि साथीको सम्बन्ध छुट्छ र आमाको दुध खाएर बच्चा हुर्कन्छ ।

    मालिकाले सोधिन – माइजु , अब मेरो ठ्याक्कै एक महिना पछि महिनावारी हुने हो ?

    माइजुले भनिन –  ठ्यक्कै एक महिना चाहिँ होइन । महिनावारी भएपछि अर्को पटक महिनावारी हुन त्यस दिनबाट करीब २२ दिन देखि ३५ दिन भित्र हुन्छ । यसलाई सामान्य रूपमा लिनुपर्छ । किशोरीहरूलाई भने कुनैकुनै बेला २ महिनामा पनि हुनसक्छ । त्यस बीचमा कसैसँग पनि यौनसम्पर्क भएको छैन भने डराउँनु पर्दैन ।

    मालिकाले सोधिन – महिनावारी हुँदा आउने  रगत त फोहर कुरा त होइन रहेछ तै पनि किन फोहर भनिएको ?

    माइजुले भनिन –  महिनावारी हुँदा आउने रगत रगत जस्तो पदार्थ एकदम सफा हो । यो फोहर भए त त्यहाँ बच्चा कसरी बाँच्न सक्छ । महिला पनि त कसरी बाँच्न सक्छन र ? त्यसकारण फोहोर होइन । कुनै जमानामा पुर्खाहरूले फोहर भनिदिए हामीले त्यहि पत्याउदै आयौ । बरू योनीबाट बाहिर आइसकेपछि बाहिरको फोहरसँग मिसिदा भने फोहोर हुन्छ । बाहिरका किटाणुहरूले त्यो पादार्थ एकदम मनपराउँने हुनले निस्केपछि चाहि छिट्टै फहोर हुन्छ । त्यहि भएर योनीलाई सधैं सफा राख्नुपर्छ भनिएको हो र महिनावारी हुँदा त झन बढी सरसफाइको आवश्यक पर्छ । घरमा बनाउँने प्याडहरूका लागि प्रयोग हुने कपडाहरू पनि प्याड बनाउँनु भन्दा पहिला धोएर घाममा राम्रोसँग सुकेको हुनुपर्दछ ।  योनी वरिपरि आउने रौंहरूले पनि फोहोर बनाउँन मद्दत गर्ने हुनाले त्यसलाई बेलाबेला खोरिने गरेमा त्यसले योनीलाई फोहरहुनबाट बचाउँन सकिन्छ  ।

    मालिकाले सोधिन – माइजु अब म के सोधौ ?

    यस पछि माइजु भान्जी धित मर्ने गरी हाँसे ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत