• २०७६ मंसिर २४, मङ्लबार
  • |
  • Tuesday 10th December 2019
  • महिनावारी भएको समयमा यौनसम्पर्क गर्नुहुन्छ कि हुन्न ?

    २९ श्रावण २०७४, आईतवार १७:४०

    निलम भण्डारी/

    महिनावारीको अवधिमा योनीबाट रक्तस्राव हुनेहुँदा हाम्रो परम्परागत सामाजिक संस्कारले  यो अवधिमा महिलालाइ ‘छुन नहुने’ भनिदै आएको हुँदा  र रक्तस्राव कै बारेमा पनि विभिन्न भ्रमहरु हुनाले यो अवधिमा यौन सम्पर्क राख्न हुँदैन भन्ने मान्यता राख्नेहरु नै धेरै छन । एक्कइसौं सताब्दीका युवा हौं भन्न रुचारउँने युवा पुस्तामा पनि यसका बारेमा अन्यौल रहेको छ । जबसम्म समाजमा लैङ्गिक विकास र महिनावारीका बारेमा मानिसहरुमा स्पष्ट ज्ञान हुँदैन यो भ्रम भइनै रहनु स्वभाविकै हुन्छ ।

     

    महिनावारी के हो त ?

    महिनावारी हरेक महिलामा हुने प्राकृतिक चक्र हो जसले महिलाको प्रजनन क्षमतालाई परिपक्व बनाउँछ । यो बेलामा हुने रक्तस्राव पाठेघरको भित्री भागमा विस्तारै जम्मा हुँदै गएको आवरणको क्षयकरण हो । यदि पाठेघरको कुनै सङ्क्रमण छैन भने यो महिनावारीम हुने रक्तस्राव पूर्णतया शुद्ध हुन्छ ।

    स्वस्थ अवस्था रहेमा ११ वर्ष देखी १५ वर्षको उमेरका किशोरीहरुको महिनावारी एउटा सुरु हुन्छ । उनीहरुको शारीरिक परिवर्तन मध्ये महिनावारी सबैभन्दा महत्वपूर्ण एक परिवरतन हो । उनी प्रजननको लागि सक्षम हुनसक्छिन भन्ने लक्षण हो । त्यसैले यो त खुसि मनाउँन पर्ने अवस्था हो ।

    कसरी हुन्छ महिनावारी ?

    महिनावारी सुरु हुनुलाई मेनार्की (Menarche)  पनि भनिन्छ । महिलाहरूको ४५–५० वर्ष उमेर पुगेपछि महिनावारी बन्द हुन्छ । महिनावारी बन्द हुनुलाई रजान्त  ( Menopause) भनिन्छ ।

    रक्तस्राप हुनका लागि निश्चित हर्मोनहरूले काम गर्छन । मस्तिष्कको हाइपो थ्यालामस (Hypothalamus) ले गोनाडोट्रोफिक रिलिजिङ हर्मोन उत्पादन गर्छ । त्यसको प्रभावमा पिटयूटरी ग्रन्थी (Pituitary Gland) ले फोलिकल स्टिमुलेटिङ हर्मोन ( Follicle Stimulating Hormone = FSH) र लुटिनाईजिङ (Luteinizing Hormone =LH) हर्मोन निकाल्छ । यी दुबै हर्मोनहरूले डिम्बाशयमा रहेका फोलिकल्सहरूलाई प्रभावित पार्दछ । फलस्वरूप हरेक महिना प्रायः एउटा फोलिकल परिपक्क हुन्छ । उक्त फोलिकलमा डिम्ब (Ovum) रहेको हुन्छ । यसका साथै डिम्बाशयले एस्ट्रोजन (Oestrogen),  र प्रोजेस्टेरोन (Progesterone) नामका दुई हर्मोनहरू उत्पादन गर्छ ।

    करीब महिनावारी चक्रको बीच समयमा ल्यूटिनाइजिङ हर्मोन एक्कासि वृद्धि हुन्छ जसले डिम्बलाई अझ परिपक्क हुन र बाहिर निस्कन मदत गर्छ । परिपक्क डिम्ब फोलिकल्सबाट बाहिर निस्कने क्रियालाई डिम्ब निष्काशन (Ovulation)  भनिन्छ । यसरी बाहिर निस्केको डिम्ब डिम्बबाहिनी  नलीमा आउँछ । यसै बेलामा यौन सम्पर्क भएमा पुरुषको शुक्रकीट पाठेघर हुँदै डिम्बबाहिनी नलीमा आउँछ र निःसेचन हुन्छ । निसेचित डिम्ब करीव ६ दिन लगाएर पाठेघरमा गइ भित्तामा टाँसीएर बस्छ जसलाई गर्भधारण भनिन्छ । यदि यो अवधिमा यौनसम्पकर्क भएन भने वा भएर पनि कुनै कारण (गर्भ निरोधको अस्थायी साधन प्रयोग गरेको अवस्था) निसेचन भएन भने पनि उक्त डिम्ब पाठेघरतिरै आउ‘छ र ७२ घण्टासम्म त्यही पाठेघरको भित्तामा टाँसिएर बसि नै रहन्छ र त्यस भन्दा बढी त्यो बाँच्न सक्दैन ।

    उता डिम्बाशयमा, डिम्ब निस्किसकेपछिको फोलिकल्समा सुरुमा रगत जम्छ र पछि बोसोयुक्त तन्तुहरूले भरिन्छ । त्यसलाई कर्पोस लुटीयम (Corpus leiteum) भनिन्छ । यसले पनि एस्ट्रोजन र प्रोजेष्टेरोन हर्मोनहरू उत्पादन गर्छ । यता पाठेघरमा एस्ट्रोजन हर्मोनको प्रभावले पाठेघरको भित्री तह बाक्लिदै गएको हुन्छ जसले गर्भधारण गर्नलाई अनुकुल वातावरणको सिर्जना गरिरहेको हुन्छ । यस्तो बाक्लिने प्रक्रिया महिनावारीको रक्तस्राव बन्द भएपछि देखि नै सुरु भइसकेको हुन्छ र करीब बीचको अवधिसम्म तीव्र गतिमा हुन्छ । यो चरणलाई प्रोलिफेरेटिभ फेज (Proliferative phase) भनिन्छ । डिम्बाशयबाट डिम्ब निस्किसकेपछि बाक्लिएको पाठेघरको भित्री तह (Endometrium) अझ, विकसित र परिपक्क हुन्छ । यसले सेतो प्रकारको चिप्लो पदार्थ निकाल्छ । यो अवस्था रक्तस्राव नहुन्जेल सम्म भैरहन्छ । त्यसैले यसलाई सेक्रेटरी फेज (Secretary Phase) भनिन्छ ।

     

    गर्भधारण भएमा यो अवस्था रहिरहन्छ र नभएमा डिम्बाशयको कर्पस लुटीयमले हर्मोनहरू उत्पादन गर्न छोड्छ । फलस्वरूप पाठेघरको बाक्लिएको भित्तामा बाक्लिएका पदार्थहरु टिकिरहन नसक्ने हुनाले त्यो भित्तामा रहेका मसिना रक्तनलीहरू फुट्छन र रक्तस्राव हुन्छ, जुन महिनावारीको रगतको रूपमा बाहिर आउँछ । यसका साथै महिनावारी हुँदा पाठेघरको भित्री तह खिइएर (Degeneration) आउने भएको हुँदा रगत, तन्तुहरू र निसेचन नहुँदा मरेको डिम्ब पनि योनी मार्ग हुँदै सँगसँगै बाहिर निस्कन्छ । त्यसैले महिनावारीको रगत चोक्टा चोक्टा परेको, फोहर जस्तो देखिन्छ । यो महिलाहरूको शरीरमा भएको हर्मोनहरूको मात्रामा आउने परिवर्तनका कारणले यस्तो भएको हो । महिनावारी भनेको त प्राकृतिक सरसफाइको प्रक्रिया हो । त्यसैले यो दुषित वा अशुध्द पदार्थ होइन ।

    त्यसो भए, महिनावारी भएको बेला यौन सम्पर्क गर्न मिल्छ की मिल्दैन ?

    यो कुरामा यौन जोडीहरूको इच्छा र अपनाइने सावधानीमा भर पर्ने कुरा हो । स्वास्थ्यको दृष्टिकोणले हेर्दा यो बेला यौनसम्पर्क गर्न नहुने भन्ने तथ्यगत आधार छैन । महिला यदि यौनसम्पर्कको लागि तयार छिन् र पुरुष पनि सावधानी अपनाउन तयार छन् भने यौन सम्पर्क गर्न सकिन्छ । एक स्वस्थ महिलासँग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुँदैन भने महिलाको पाठेघर वा अन्य यौन जन्य अङ्गलाई पनि कुनै असर पर्दैन । महिनावारीको समयमा केही महिलाहरूमा तल्लो पेट दुख्ने समस्या हुँदा यो बेलामा गरिने यौन सम्पर्कबाट कम हुन सक्ने केही चिकित्सकहरूको धारणा छ ।

     

    महिनावारीमा यौन सम्पर्क गर्दा कस्तो सावधानी अपनाउने ?

    महिनावारीको पहिलो दिन र दोस्रो दिन प्रोजेस्टेरोन र इस्ट्रोजन हर्मोनको मात्रा घटने हुँदा यो बेलामा महिला तयार नहुन सक्छिन् । उनलाइ मानसिक रुपमा दिक्दार लागेको हुनसक्दछ । तेस्रो दिनबाट हर्मोनको मात्रा बढ्ने हुँदा यौन सम्पर्कको चाहना महिलामा बढ्ने सम्भावना हुन्छ । महिलाको यौन चाहनालाई पुरुषहरूले ख्याल गरेर मात्र यौन सम्पर्क गर्न उचित हुन्छ । अन्यथा त्यो यौन हिंसा भएको ठहरिन्छ ।

    यौन सम्पर्कको लागि रुमालको जरुरत पर्न सक्छ अथवा बाथरुम उपयुक्त छ भने शावरमा उपयुक्त मिनन्छ । यी सबै कुराको लागि जोडीहरूले पुर्वतयारी गर्नु पर्छ । यौन सम्पर्क गर्नु अघि कन्डमको प्रयोग पनि सुरक्षित हुन्छ । यसले यौन रोगका साथै योनीमा भएका रक्त पदार्थहरु प्राय कण्डममा लाग्छ जसको कारण सफाइ गर्न सजिलो पनि हुन्छ ।

    यी उल्लेखि परिस्थितका आधारमा जोडीहरू यौन सम्पर्कको लागि मानसिक रूपले तयार छन् र आवश्यक तयारी पनि छ भने महिनावारी भएको बेलामा पनि निर्धक्कसँग यौन क्रिडालाई सुचारु गर्न सक्दछन ।

     

     

    तपाइको मत