• २०७६ मंसिर २५, बुधबार
  • |
  • Wednesday 11th December 2019
  • किशोरावस्थाको बैस

    २१ चैत्र २०७३, सोमबार १७:११

    रोजीता ११ वर्षकी भइन । बच्चा अवस्थाबाट किशेरी हुँदैछिन । अब उनको शारीरिमा बाल्याबस्थाका भन्दा फरक किसिसका परिवर्तनहरु आउन थालेकाछन । स्तनको आकार बढेर पुट्ट उठेको देखिन थाले । यसैका कारण उनका अभिभावकहरुले पनि फरक रूपमा व्यवहार गर्न थालेको उनले थाहा पाएकिछिन । त्यस अगाडि जस्तैगरी घरबाट एक्लै बाहिर घुम्न र खेल्न निस्कन विस्तारै बन्देज लाग्नथाल्यो । उनका भावनात्मक संवेग पनि परिवर्तन हुँदै गएको छ । केटाहरु प्रति पहिलाको भन्दा अलि आकर्षण बढेको अनुभव हुन थालेको छ । के रोजितालाइ पनि बैंशको लक्षण देखा पर्न लागेको नै हो त ?
    रोजीताको परिवार व्यापारका लागि हेटौँडा बसपार्क नजिकै आएका छन् । उनको परिवारको सानो चिया पसल छ । उनि पहिले भन्दा हलक्क बढेकी छिन् । उनको स्तनको आकार मात्र होइन पिडुला, पाखुरा र अरु पनि शरीरका अङ्गहरु बढ्न थालेकाछन । आफ्नो शरीरमा आएको परिवर्तनका बारेमा थाहा पाउदा के भएको हो भन्ने अन्यौलमा परेकी छिन् ।
    उनी स्कूलमा होस वा घरमा पनि साथीहरूसँग खेल्ने, पाखापखेरा घुम्ने गर्दथिइन । केटा साथीहरूसगँ पनि चल्ने गर्दथीन । तर अब उनलाइ अभिभावकले केटा साथीसँग खेलेको देख्दा गाली गर्नथालेका छन । उनी माथि लगाइएको ती विभिन्न बन्देजहरु प्रति उनी सहमत थिइनन । उनलाइ हेक्का पनि थियो अब आफ्नो शरीरमा आएको परिवर्तनका कारण बन्देजमा पर्दैछिन भनेर तर यो परिवर्तनका जिज्ञाशाहरुका बारेमा कोसँग कुरा गर्ने भन्नेमा बुझ्न समस्या परिरहेको थियो । बेलाबेला आफुमा अएका परिवर्तनहरु कोठामा एक्लै हुँदा खुब हेर्थिन । काखी मुनि र यौनाङ्गहरुमा कपाल पनि पलाउँन थालेका थिए । ती सबै छुन्थन, चलाउँथिन र फेरि पनि दंग पर्दथिन आफुमा आएको परिवर्तनहरु देखेर ।
    रोजिताले पहिला जस्तै खेल्ने र घुम्ने समय नपाएपछि घरमा आमालाई काम सघाँउने, विद्यालय जाने आउने, कुनैकुनै बेला छिमेकि केटीसाथीसँग कुराकानी गर्न जान थालिन् । यहि क्रममा एक दिन उनले आफ्नी आमासँग कुरा गरिन उनका परिवर्तन र अनुभुतिहरु । आमाले सम्झाउदै रोजीता किशोरावस्थामा प्रवेश गरेको कुरा बताइन् । उनकी आमाले पनि सबै कुरा ध्यान दिएर सुनिदिइन जसले गर्दा उनलाइ खुलेर बताउँन सजिलो अनुभूति भयो । रोजिताका परिवर्तनहरु सुनेपछि उनी अब किशोरावस्थामा पुगेको कुरा आमाले बताइ दिइन ।
    किशोरावस्था १० वर्षबाट नै शुरु हुन्छ र १९ बर्षको उमेरसम्म रहन्छ । शारीरिक परिवर्तन चाहिँ मानिसको शारीरिक विकास अनुसार कसैको केहि चाढो र कसैको केहि ढिला भएको हुन्छ । यो अवस्थामा केटाहरुमा पनि शारीरिक तथा मानसिक परिवर्तनहरू देखा पर्दछ र आफुमा आएका परिवर्तनहरुका बारेमा जिज्ञाशाहरु बढ्दै जानथाल्दछ । यसका बारेमा सही जानाकारी पाएनन भने किशेरकिशारीहरुमा तनाव पनि बढ्न सक्दछ ।
    रोजीताको महिनावारी सुरु भयो । योनीबाट रक्तस्राव भएको हुनाले उनले अत्तिलिएर त्यो कुरा आमालाई सुनाइन् । आमाले उनलाई कोठामा लगिन । उनले आमालाई सोधिन, ‘आमा मलाइ किन यस्तो भएको रु’ आमाले छेउमा राखेर मायाँ गर्दै भनिन ूडराउँन पर्ने केहि छैन । केटी मान्छेहरु सबैलाइ यस्तो हुन्छ । तिमीलाइ पनि त्यहि भयो । तिमीलाइ पनि दिदीलाइ जस्तै महिनावारी भएको हो । यसमा डराउँन पर्ने केहि छैन ।ू उनले खुसि मान्दै रोजितालाइ भनिन ूतिम्रो स्वास्थ्य राम्रो रहेछ त्यसैले त ठीकै समयमा महिनावारी भयो ।ू आमाले सामान्य तरिकाले मायाँ गर्दै कुरा गरेपछि उनी अलि ढुक्क भइन । मिहनावारी भएपछि हरेक दिन नुहाउँने र सफा प्याडको प्रयोग गर्नुपर्ने बताइन ।
    उनलाइ थाहा थियो महिनावारी भएको बेलामा दिदीलाइ कोठाबाट बाहिर निस्कन निदिएको । त्यसैले उनले आमालाइ सोधिन ूम अब १५ दिनसम्म कोठा भित्रै बस्न पर्ने हो रुू आमाले उनको कुरामा हाँस्दै भनिन ूपहिला हामीले कुरा नबुझेर दिदीलाइ त्यसो गरेका हौं । वास्तवमा त्यो त भ्रम रहेछ । अब तिमीले त्यसो गर्न पर्दैन । हामीसँगै बस्ने हो । सधैं स्कूल जाने हो ।ू आमाको कुराले रोजिताको तनाव निकै घट्यो ।
    रोजिताको यो किशोरावस्थाको पहिलो चरण हो । यो चरण १० देखि १४ बर्षको उमेर अवधि हुन्छ । यसलाइ पूर्व किशोरावस्था पनि भनिन्छ । यस चरणमा शारीरिक परिवर्तनहरु छिटोछीटो हुन्छ । सबैको एकै किसिमले परिरवर्तन नभइ भिन्न तरिकाले भएको हुन्छ । किशोरीहरु कसैको स्तन ढिला र कसैको छिटो बढ्छ । कसैको लाम्चो जस्तो त कसैको बाटुलो हुन्छ । कसैको अलि तल र कसैको अलि माथि तिर जस्तो पनि लाग्न सक्दछ । स्तन छिटो वा ढिलो बढ्ने त प्राय धेरैको हुन्छ ।
    किशेरावस्थाको शुरुवात सँगै हड्डीहरुको विकास पनि छिटो हुन थालेको हुन्छ । प्रजनन अङ्गको विकासको क्रमसँगै विस्तारै यौन चाहना पनि स्वभाविकै रुपमा बढ्न थालेको हुन्छ । किनकि किशोरावस्थाको पनि मध्य तिर अधिकांश किशोरहरुको शुक्रकिड र किशोरीहरुको डिम्ब उत्पादन हुनथालेको हुन्छ । यहि चरणको उमेरमा उनीहरुको सामाजिक सम्बन्ध पनि विकास हुनथाल्दछ । जसको परिणाम उनीहरु धेरै जनासँग साथी बनाउँने, विपरित लिङ्गी साथीहरुसँग आकर्षित हुनथाल्दछन । यौन आकर्षणकै कारण यौनिकताका पत्रपत्रिका तथा फिल्महरु हेर्न मन लाग्ने, यौनोत्जनाका सामान्य कुरामा पनि हतास हुने जस्ता व्यवहारहरु देखिन्छन ।साथीहरु बीचमा यौनसम्बन्धी अनेकौ रमाइला र उत्तेजक कुराकानीहरु पनि बारम्बार हुनथाल्दछ । तरपनि सामाजिक सम्बन्ध र यौन इच्छा बीचको सन्तुलन मिलाउँन प्रयत्न गरिरहेका हुन्छन । त्यसकारण यहि उमेरमा उनीहरुका लागि जीवनोपयोगी सीपमा आधारित यौन शिक्षाको आवश्यक पर्दछ ।
    जब रोजिता मध्य किशेरावस्थाको दाश्रो चरण ९१४ बर्षको उमेर पार गरेपछि०मा प्रबेश गर्छिन । यो चरणमा उनको उमेर १५ देखि १७ बर्षको उमेर अवधि हुनेछ । मध्य किशोरावस्थामा उनीहरुको शारीरिक विकासका साथै भावनात्मक तथा बौध्दक विकास पनि तिव्रगतिमा हुनथाल्दछ । यो चरणमा किशोरहरुको शुक्रकिड र किशोरीहरुको डिम्बाहरुको उत्पादन पर्याप्त मात्रामा हुनथालेको हुन्छ । धेरै समय साथीहरुसँग विताउँन मन लाग्ने हुनाले अभिभावकहरुसँग भन्दा साथीहरुसँग बढी नजिक हुनथालेका हुन्छन । यौनिकताका बारेमा जिज्ञाशा व्यापक रुपमा बढ्दछ । यो चरणमा उनीहरुमा यौनसम्पर्क गर्ने साहस बढ्न थालेको हुन्छ । त्यसकारण जोखिमपूर्ण यौनसम्पर्क हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, यो उमेरमा तनाव पनि बढेको हुन्छ, जसको कारण गलत निर्णय लिन पनि सक्ने सम्भावना त्यतिकै हुन्छ ।
    किशोरावस्थाको तेश्रो चरण युवा अवस्थामा प्रवेश हुनु पूर्व अवस्था हो । यसलाइ उत्तर किशोरावस्था पनि भनिन्छ । यो चरण १८ देखि १९ बर्षको उमेर अवधि हुन्छ । यो चरणमा किशोरकिशोरीहरुको यौनाङ्गहरु पूर्णरुपमा विकास भएको हुन्छ । त्यस कारण पनि कानुनमा २० बर्ष भन्दा पहिला विवाह गर्न नपाइने व्यवस्था गरिएको हो । यो चरणमा यौन क्रियाकलाप गर्न पूर्णरुपले सक्षम भएका हुन्छन र तुलनात्मक रुपमा परिपक्व पनि भएका हुन्छन ।त्यसैले डेटिङ् जाने यो उमेरका किशोरकिशोरीहरु नै अरु उमेर समूहका भन्दा धेरै देखिन्छन ।
    यो उमेर समूहमा पुग्दा किशोरकिशोरीहरु समाजमा आफ्नो अलग पहिचानको आकांक्षा राख्दछन । यहि उमेर अविधमा उनीहरुले जीवनको लक्ष्य पनि निर्धारण गरेका हुन्छन वा कस्तो लक्ष बनाउँने भनेर चिन्तन गरिरहेका हुन्छन । त्यसैले गर्दा नैतिकता प्रति होसियारी अपनाउँने कोशिश पनि गरिरहेका हुन्छन । यस्तो बेलामा समाज र परिवारबाट सहयोगको ठुलो अपेक्षा गरेका हुन्छन । यदि उनीहरुले अपेक्षा गरे अनुसार सहयोग नपाएमा उनीहरुमा मानसिक तनाव सिर्जना हुनथाल्दछ र कुलतमा लाग्ने वा कुनै पनि किसिमका जोखिमपूर्ण काम गर्न प्रेरित हुन थाल्दछन ।
    किशोरावस्थाको विकाससँगै शरीरमा प्रकृतिले विभिन्न हर्मोन ९यौन रसराग० हरु उत्पन्न गराउँदछ । जसले प्रजनन प्रलाणीलाइ व्यस्थित र नियमित गरिरहेको हुन्छ । किशोरावस्थामा शरीरमा प्रजनन अंगहरू र प्रजनन प्रक्रियाको विकास हुने हुँदा यस अवस्थामा नै प्रजनन प्रणालीलाइ सहयोग पुर्याउँने ग्रन्थीहरु र हर्मोनहरू सक्रिय हुँदा नै शारीरिक परिवर्तनहरु देखा पर्दछ ।
    रोजिताकि दिदी रोशनी किशोरावस्थाको दोस्रो चरणमा छिन । उनको शारीरिक बनावटमा निकै परिवर्तन भएको छ । उसको स्तनको आकार पनि निकै बढिसकेको छ । योनीको आकारमा वृद्धि भएको छ र हर्मोनहरुको तीव्र विकास भई आवाजमा परिवर्तन भई सुरिलो भएको छ । रोशनी अब एक आकर्षित युवतिको रूपमा सुन्दरी भएकिछिन् ।
    अहिले रोशनी १७ वर्षकी छिन, उनको मनोभावहरू केहि फरक किसिमका हुन थालेका छ । उनको व्यवहारमा पनि धेरै परिवर्तन आएको छ । उसलाई लाज लाग्ने, साथीहरुसँग धेरै बोल्न मन लाग्ने तर अभिभावक र अरु मानिसहरुसँग चाहिँ धेरै बोल्न मन नलाग्ने, कहिलेकाहिँ एकोहोरो हुने, आफ्ना आमा बुबाले भनेका कुराहरूमा प्रतिबाद गर्ने, परिवारमा सनातिना कुराहरुमा पनि झगडा गर्ने व्यवहार देखापर्न थालेको छ । प्राय उनी आफ्नै कल्पनामा हराएर बसेकि हुन्छिन । उनलाइ अभिभावक र आफन्तहरुले विवाह गरेर अरूको घर जाने चेलिको रूपमा व्यवहार गर्न थालेको हुन्छन । यो कुरा उनलाइ मन परेको हुँदैन । उनलाइ धेरै हतोत्साही र झन निराश बनाइरहेको हुन्छ ।
    रोशनीले आफ्नो मनका भावनाहरु अरू कसैले बुझिदिउन भन्ने चाहना राखिरहेकि हुन्छिन, तर परिवारमा त्यस प्रति कसैले पनि वास्ता नगरिदिएको महशुस भएकोले उनको निराशपन अझै बढेको छ । रोशनीले कतिपय कुराहरु त आफ्ना मनमिल्ने र गोपनीयता अपनाउँने साथीहरुसँग गर्छिन । उनीलाइ पनि थाहा छ कि उनलाइ पनि साथीहरुले गरेका कुराहरुको गोपनीयता अपनाउँन पर्छ भनेर । एउटै स्कूलमा पढ्ने रोजेश र उनि बीचको सम्बन्ध नजिक हुँदै गएको छ । रोजेशसगँ पनि उनका मनका धेरै कुरा गर्न थालेकिछिन । उनीहरु आफ्ना मनका भावनाहरु साट्न थालेका छन् । रोशनी पढ्न र खेलकुदमा पनि राम्रो क्षमता राख्दछिन । उनलाइ पनि उनका अरु साथीहरुलाइ जस्तै आफुलाइ अरुले उछिनेको मन पर्दैन तर कुनै बेला राजेशले उछिनेकोमा भने खुसि नै मान्छिन । यो विपरित लिङ्गीय साथी बीचको सामिप्यताको विशेषता हो । जुन उनमा पनि पर्याप्त देखिन थालेको छ ।
    रोजेशले पनि आफ्नो किशोरावस्थाको दोस्रो चरण पार गर्दैछ । हलक्क बढेको छ । उसमा पनि शारीरिक परिवर्तनहरू आइसकेका छन् । उसका पनि शरीरमा हर्मोनहरू तीव्र रूपमा वृद्ध भएका छन् । हातगोडा, काखी, लिंग र छातीमा नयाँ रौँहरू पलाएका छन्, जुगाँका रेखि राम्रोसँग बसिसकेको छ । लिंग र अण्डकोषको आकारमा वृद्धि भएको छ, बोल्दा स्वर धोत्रो भएको छ । साथै उसका छाती चौँडा भएका छन्, उसको स्वप्न दोष हुनथालेको छ र हस्त मैथुन पनि गर्नथालेको छ ।
    रोजेशको मनोभाव पनि परिवर्तन हुँदै गएको छ । उसलाइ पनि आफ्ना भावनाहरु अरु कसैले बुझ्दियोस् भन्ने ठान्दछ । उसको पनि आफ्नो अभिभावकहरुसँग धेरैजसो कुरा नमिल्दा झगडा भइरहन्छ । जसका कारण रोशनी जस्तै उ पनि बेला बेला एकोहोरो हुन थालेको छ । आफ्नो मनका भावहरू साट्नका लागि उसले उस्तै अवस्थामा रोशनी साथी पाएकोले पनि उनीहरु एकआपसमा धेरै नजिक भएका हुन । त्यसैले उनीहरु कुराकानी मै धेरै समय बिताउने गर्न थालेको छन ।
    उनीहरुलाइ आज भोलि समाज र व्यक्तिका बारेमा बुझ्ने उत्सुकता बढ्दै गएको छ । राजेश अहिले केटाको समुहमा पनि कुराकानि गर्ने गर्दछ । अभिभावकहरुले उसलाइ छोरा भएको कारण विस्तारै बुबाको जिम्मेवारी लिनु पर्ने दबाव बढ्दै गएको अनुभव हुन थालेको छ । त्यो कुरा उसलाइ मन पर्दैन तर कहिलेकाही आफू ठुलो भएको पनि अनुभूति भइरहेको छ । बेलाबेला पुरुषार्थको घमण्ड पनि जाग्न थालेको छ । यी कुराहरु साथीहरुसँग पनि बताउँछ ।
    राजेश र रोशनी एक अर्काप्रति धेरै नजिकिएका साथी भएका हुनाले उनीहरूमा यौन ईच्छा पनि बढ्दै जानु स्वभाविकै थियो तर दुबैले भन्न सकेका हुँदैनन । तरपनि उनीहरुले आफ्ना साथीहरुसँग भने योन चाहनाका बारेमा भने बताइरहेका हुन्थे, जुन कुरा यो उमेरका सबैले आफ्ना मन मिल्ने साथीहरुसँग गर्नेगर्दछन् । त्यसै अनुसार राजेशलाइ साथीहरुले रोशनीसँग यौनसम्पर्क गर्न हौस्याइ रहन्छन तर रोशनीका साथीहरुले चाहिँ त्यसरी हौस्याउँदैन थिए । सायद नेपाली संस्कारको प्रभावले गर्दा होला ।
    राजेशले प्रायजसो समय साथीहरुसँग घुमघाममा विताउँन थालेको छ तर त्यत्तिकै स्वतन्त्रता रोशनीलाइ थिएन । राजेशले रोशनीको भन्दा बढी स्वतन्त्रता पाउँनु समाजको चरित्रका कारणले हो भन्ने कुरा उनलाइ राम्रोसँग महशुस हुन थालेको थियो । राजेशले साथीहरुको लहैलहैमा यौन क्रिडाका फिल्महरु ९ब्लु फिल्म० पनि खुव हेर्न थालेको छ । स्मार्ट फोन हुने साथीहरुले देखाउँदथे तर रोशनीको लागि इच्छा भएरपनि त्यो सम्भाना कम थियो । तर यौनिकताका पत्रपत्रिका र पुस्तक हेर्न भने रोशनीलै पनि मौका मिलाएकि हुन्थिन । त्यस्ता पत्रपत्रिकाहरु हेर्ने मौका पनि राजेशका लागि धेरै अवसर मिल्दथ्यो । राजेशका केहि साथीहरु गाँजा र अरु पनि किसिमका नशालु औषधिहरु सेवन गर्न थालेका थिए । उसलाइ पनि सेवन गर्न ती साथीहरुले धेरै दवाव दिए तर उसले भने त्यसो गरेन र साथीहरुसँग भेटघाट गर्न पनि छोडेन । किनिकि उसले सकारात्म तरिकाले कसरी नाइ भन्ने सीपको बारेमा साथी शिक्षा तालिममा सिकेको थियो । त्यहि ज्ञान र सीपका कारण पनि उसले रोशनीलाइ यौन सम्पर्कको लागि धेरै दवाव दिदैनथ्यो ।
    राजेशमा बढ्दै गएको यौन चाहना मेट्नका लागि रोशनीसँग शारीरिक रूपमा नजिकिन थाल्यो । उनीहरु अंगालोमा हिंड्ने र हगिङ् पनि गर्न थालेका थिए । डेटिङ्का समयमा घण्टौ विताउँथे । रोशनी पनि आफ्नो इच्छा पुरा भएकोमा आनन्दित थिइन । त्यसपछि उनीहरु भावनात्म र शारीरिक रुपमा पनि निकै नजिक भइसकेका थिए । एक दिन भेट्न नपाए पनि फोन सम्पर्कमा लामो समय विताउँने गर्दथे ।
    समाजले महिलालाइ यौन चाहना पुरा गर्न पुरुषलाइ जति सहज हुनदिएको हुँदैन । पुरुषले भन्दा डर र लाज महिलाले बढी मान्नै पर्ने मनोसामाजिक प्रभाव सानो उमेर देखि नै पारेको भएपनि प्राकृतिक नियम अनुसार त दुबैमा हुने यौन चाहना बराबरी नै हो । यौन चाहना रोशनीमा पनि उत्तिकै थियो जति राजेशमा छ तर त्यसबाट पाउँने आनन्द राजेशको बढी नै हुन्थ्यो ।
    राजेशसँगको सम्बन्ध निकै नजिक भएपछि रोशनीको व्यवहारमा केहि परिवर्तनहरु देखिन थालेको उनकी आमाले अन्दाज गरिरहेकि थिइन । एक दिन आमाले त्यसका बारेमा जिज्ञाशा राख्दा रोशनीले राजेशसँगको सम्बन्धको बारेमा सबै कुराहरु बताइन् । उनकी आमा किशोरावस्थाका बारेमा बुझ्ने र शान्त स्वभावकि भएको हुँदा रोशनीले अभिभावकबाट खप्नु पर्ने तनावको समस्या भएन । बरु यस्तो बेलामा अपनाउँन पर्ने होसियारी र जीवनोपयोगी सीपका बारेमा बताइन । उनको मुख्य भनाइ चाहि २० पर्ष पुरा नभइ विवाह गर्न नहुने, अनिच्छत गर्भधारण गर्दा जीवनमा पर्ने नकारात्मक असर, जीवनको लक्ष निर्धारणमा हुनपर्ने प्रतिबध्दता आदि । आमाले उपयुक्त समय मिलाएर मैत्रीमूर्ण तरिकाले कुराकानी गरेकि हुनाले रोशनीलाइ आमाले भनेका कुराहरु जीवनमा अपनाउँन धेरै नै प्रेरणा मिल्यो ।
    राजेशले भने अभिभावकहरुसँग आफ्ना कुराहरु लुकाउँने तर रोशनीसँग भएका कतिपय अपसी सम्बन्ध यौनिकताका गोपनीय कुराहरु आफ्नो साथी समूहमा चाहिँ गरेको रोशनीले विस्तारै थाहा पाउँन थाले पछि त्यहि कारणले उनलाइ मानसिक तनाव बढ्न थाल्यो । त्यहि कारणले रोशनीसँगको सम्बन्धमा चिसोपना बढ्दै जान थाल्यो ।
    रोशनीसँगको सम्बन्धमा चिसोपन बढे पछि राजेशले नजिक हुने विभिन्न बहाना बनाउँदै आएको भएता पनि रोशनीले विस्तारै टढै हुने निर्णय गरिसकेकि थिइन र उनलाइ आमाले पनि त्यहि सल्लाह दिएकि थिइन । रोशनीलाइ राजेशसँगको सम्बन्धको बारेमा अमासँग कुरा गरेर ठीक काम गरेको ठानेकि छिन । किनकि उनले आफ्नो पनि इच्छा हुँदाहुँदै र राजेशको पनि दवाव परिरहेको समयमा आमाले जोखिम पूर्ण यौन सम्पर्कका बारेमा राम्रो सल्लाह दिएको हुनाले आज उनलाइ टाढा हुन सहज महशुस पनि भएको छ ।
    किशोरावस्था एक सक्रमणकालिन उमेर हुनाले अभिभावक वा शिक्षकहरुबाट सही समयमा सही सल्लाह र सुझाव उनीहरुलाइ प्राप्त भएको खण्डमा मात्र सम्भावित जोखिमहरुबाट बचाउन सकिन्छ । भविष्यको लक्ष निर्धारण गर्न सहयोग पुग्दछ । सधै सकारात्मक तिरकाले गरिने व्यवहार र सहयोगले नै नयाँ प्रयोगको धारणा आउने भएकोले नकरात्मक भावनाहरु आउदैन । किशोरावस्थामा एकदमै सकरात्मक सोचको विकास गर्न मद्दत गर्नुपर्दछ । ज्ञानवर्द्धक पुस्तकहरू तथा पत्रपत्रिकाहरु पढ्ने, परिवारका हरेक काम र मुध्दाहरुसँग समान सहभागी हुने, खेलकुद तथा सांगितिक क्रियालकापमा संलग्न हुने आदिले व्यक्तित्व विकास गर्न मद्दत पुग्दछद । किशोर(किशोरीहरूले असल र खराब व्यवहार बीचको भिन्नता थाहा पाउनका लागि शिक्षक र अभिभावकसँग सधैं नजिक हुनु पर्दछ ।

    तपाइको मत