• २०७६ जेष्ठ ६, सोमवार
  • |
  • Monday 20th May 2019
  • जीवनोपयोगी सीप

    ८ चैत्र २०७३, मंगलवार १६:३१

    आजीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप हो । अर्थात, मानिसको जीवनमा आउने दैनिक व्यवहारको गतिविधि अन्तर्गत पर्ने हरेक काम र काम पुरा गर्ने दक्षता अनुसारको सीप जीवनोपयोगी सीप हो । मानिसको जीवनोपयोगी सीपले जीवन पर्यन्त सफल जीवन विताउन सहयोग पुर्याउदछ । मानिसहरुको फरक भूमिकामा यसले समायोजनको सीप पनि सिकाउदछ तर लक्षबाट विचलित गराउँदैन । यो सीपको विकास हुँदा मनोसामाजिक रुपमा आइपर्ने तनावहरुको व्यवस्थापन गर्न सक्ने क्षमतामा विकास हुँदैजाने हुँदा सकारात्मक परिवर्तनका लागि व्यक्तिको भुमिका प्रभावकारी बनाउँन मद्दत गर्दछ । जसको कारण मानिसले प्रतिकुलतामा अनुकुल वातावरण बनाउँन सक्षम भूमिका निभाउँन सक्दछ ।

    जीवनोपयोगी सीपहको कुनै सिमा हुदैन । यो समय र विषयबस्तु अनुसार व्यक्तिले निर्धारण गर्नसक्दछ । आफ्नै बारेमा समिक्षा गर्ने, अरुको व्यवहारहरुको विश्लेषण गर्ने, मानव अधिकारको सम्मान गर्ने, सञ्चार सीपलाइ प्रभावकारी बनाउँने, उचित समयमा उचित निर्णय लिन सक्ने, समालोचनात्मक र सिर्जनात्मक चिन्तन गर्ने, आत्म सम्मान बढाउँने, तनाव व्यबस्थापन गर्ने, सकारात्मक सोचाइको विकास गर्ने र समस्या समाधान गर्ने आदि सीपहरू जीवनपयोगी सीप अन्तर्गत पर्दछन् ।

    विश्व स्वास्थ सड्डठनको परिभाषा अनुसार “जीवनोपयोगी सीपहरू व्यक्तिको दैनिक जीवनमा आईपर्ने माग र चुनौतिहरूको सामना गर्दै, प्रभापकारी रूपमा सामन्जस्य गर्ने सकारात्मक सक्षम बानी व्यवहार हो ।” (Life skills are abilities for adaptive and positive behavior that enable individual to deal with effectively with the demand and challenges of everyday life.)
    जीवनोपयोगी सीपहरु एकआपसमा अन्तर्निहित हुन्छन । अन्तर व्यक्ति सम्बन्ध, व्यवसाय तथा दैनिक जीवनका गतिविधिहरुसँग एक अर्का बीच परिपुरक भईरहेका हुन्छन । विश्व स्वास्थ्य संगठनले वर्गिकरण गरे अनुसार जीवनोपयोगी सीपहरुलाइ निम्न अनुसार १० प्रकारले प्रस्तुत गरिएको छस्

    क। सञ्चार तथा अन्तर्व्यक्ति सम्बन्ध (Communication and interpersonal skills)

    १। अन्तर्व्यक्ति सञ्चार सीप (Interpersonal Communication skills)

    अप्रत्यक्ष सञ्चार, सक्रिय सुनाइ, आफ्नो विचार र सोचाइ स्पष्टसँग व्यक्त गर्ने तथा प्रस्तुत गर्ने, पृष्ठपोषण लिने र दिने आदि सीप यसअन्तर्गत पर्दछन् । बोलिचालीबाट हुने सञ्चारलाई प्रभावकारी बनाउन निम्नलिखितानुसार आधारभूत कुराहरूमा ख्याल गर्नुपर्छस्

    • एकोहोरोभन्दा दोहोरो सञ्चार हुनुपर्छ ।
    • निर्धक्क भएर आफ्ना कुराहरू भन्नुपर्छ । आफ्ना भनाइ राख्दा अरूलाई आक्षेप लगाउनु हुँदैन । अरूका कुरा सुन्ने र बुझेर मात्र आफ्ना भनाइ राख्ने गर्नुपर्छ ।
    • निः शब्द सञ्चार र शाब्दिक दुबै सञ्चार हुनुपर्छ ।

    २। सम्झौता वा समझदारी (Negotiation and refusal skills)

    यस अन्तर्गत द्वन्दको समझदारी तथा मेलमिलाप गर्ने, दृढता प्रकट गर्ने र आफूलाई मन नपर्ने वा अमिल्दो कुराको इन्कार गर्ने सीप आदि पर्दछन ।

    ३। समानुभूति विकास (Empathy building)

    यस अन्तर्गत अरूको कुरा वा भाव बुझी सुन्ने क्षमता, अरूको आवश्यकता, र आफ्नो बुझाइ प्रस्तुत वा व्यक्त गर्ने सीप आदि पर्दछन ।

    ४। आपसी सहयोग र सहकार्य (Co-operation and teamwork)

    यस अन्तर्गत अरूको योगदानका लागि आदर प्रकट गर्ने विभिन्न तरिका र आफ्नो अवस्था आँकलन गरी समूहलाई योगदान दिने सीप आदि पर्दछन ।

    ५। बहसपैरबी सीप (Advocacy skills)

    यस अन्तर्गत अरूलाई प्रभाब पार्ने सीप र धैर्यता तथा उत्पेरणा जगाउने सीप आदि पर्दछन ।

    ख। निर्णय गर्ने क्षमता र समालोचनात्मक चिन्तन (Decision making and critical thinking skills)

    १। निर्णय गर्ने क्षमता तथा समस्या समाधान सीप (Decision making and Problem solving skills)

    यस अन्तर्गत निर्णय गर्नका लागि जानाकारीहरु सङ्कलन तथा बुझ्ने सीप, समस्या समाधान गर्न विकल्पहरु छनोट गर्ने, आफु र अरूको मान्यता र महत्वको प्रभावको विश्लेषण गर्ने, भइरहेको कामहरुबाट भविष्यको औचित्य उपर मुल्याल्ङ्कन गर्ने सीप आदि पर्दछन ।

    २। समालोचनात्मक सोचाइ (Critical thinking skills) 

    यस अन्तर्गत सञ्चारको प्रभाव विश्लेषण गर्ने तरिका, मान्यता, सामाजिक मुल्य, विश्वास र तिनलाई प्रभाव पार्ने तत्वको विश्लेषण गर्ने सीप, मिल्दो सूचना र स्रोत पहिचान गर्ने सीप आदि पर्दछन ।
    निर्णय गर्ने सीप सभ्यासमा भर पर्दछ । निरन्तर गरिएको अभ्यासबाट नै निर्णन गर्ने क्षमताको विकास हन्छ । समस्या समाधान गर्न निर्णय गर्ने र जीवनलाई सरलिकृत एवं सफलतातर्फ अगाडि बढाउन किशोरकिशोरीहरूले दैनिक रूपमा समालोचनात्मक भई सोच्ने गर्नुपर्दछ । यस्तो अवसर विद्यालयमा शिक्षकले र घरमा अभिभावले दिनुपर्छ । खासगरी ससाना मुद्दाहरूमा एउटै मात्र निष्कर्ष वा समाधान रोज्नुभन्दा विकल्पका विविध रुपहरू खोज्नुपर्छ र हरेक विकल्पमा सकारात्मक एवं नकारात्मक परिणामहरू विश्लेषण गरी परिणामले आफु, अरू निर्णय सीप विकास गराउनका लागि निम्नलिीखत खाकामा निरन्तर अभ्यास गर्दा उचित निर्णय गर्ने सीप विकास हुन्छ । साथै समस्यालाई समालोचनात्मक एवं सिर्जनात्मक रूपमा सोच्ने र सोहि अनुसार प्रतिक्रिया दिने बानीव्यवहारको विकास हुन्छ ।

    ३। सिर्जनात्मक चिन्तन (Creative Thinking Skills)

    सूचना तथा अनुभवहरूलाई विश्लेषण गरी त्यसरी वाँच्न सक्नु सफल जीवनको लागि उपयोगी र आवश्यक हुन्छ । युवाहरूलाई सीर्जनात्मक चिन्तन गराउन सकियो भने उनीहरू भित्र रहेका नैसर्गिक प्रतिभालाई प्रस्फुटन गराउन सकिन्छ । भावना व्यक्त गर्ने थुप्रै उपायहरु छन् । यदि ती भावनाहरू परिस्थिति अनुरूप व्यक्त गर्न सकिएन भने त्यसले नकारात्मक असर पर्न सक्छ । कुन कुरा कुन परिस्थितिमा व्यक्त गर्दा अनुकुल हुन्छ भनी सोच्नु सीर्जनात्मक चिन्तन हो । कुनै समस्याको समाधानको बाटो खोज्नु पनि सिर्जनात्मक चिन्तन हो । कतिपय समस्याहरू आफ्नै तहबाट समाधान गर्न सक्ने भए पनि अरूको मुख ताकेर बस्ने चलन छ । यदि आफुभित्रको चाहना, क्षमता जगाएर काम गर्न सक्यो भने त्यस्ता समस्या आफ्नै तहबाट समाधान हुन्छ । यसको लागि सिर्जनात्मक चिन्तनको आवश्यकता पर्छ ।

    ४। आत्म ज्ञानको सीप (Self Awareness Skills)

    आत्म ज्ञान भन्नाले आफ्नै, चरित्रको, आफ्नै सबल तथा कमजोर पक्षहरू, चाहनाहरू तथा मन नपर्ने कुराहरूको बारेमा ज्ञान हुनु हो ।
    ग। चुनैतिको सामना र व्यवस्थापनसम्बन्धी सीप (Coping and self-management skills)
    कुनै पनि मानिस समस्यामुक्त हुँदैनन् । मानिसको सामु चुनौति आउँदा तनाव हुने र यस्तो अवस्थामा मुटुको धड्कन छिटोछिटो चल्ने, टाउको दुख्ने, पसिना आउने, अपच हुने, पिसाव लागे जस्तो हुने, काम्ने, निन्द्रा नलाग्ने, रिस उठ्ने ध्यान केन्द्रित गर्न नसक्ने जस्ता व्यवहारहरू देखापर्न सक्छ । यस्ता अवस्थामा आफुलाई संयम बनाई व्यवस्थापन गर्ने सीप यसअन्तर्गत आउँछ ।

    १। आत्मविश्वास, आत्मनियन्त्रण, जिम्मेवारी वहन, फरक देखाउने र परिवर्तन ल्याउने सीप

    आफूमा आत्मविश्वास र जागरुकता ल्याउने सीप ः यस सीपअन्तर्गत व्यक्तिले आफूमा विश्वास जगाउने, केही गर्नका लागि सदा उत्साही हुने जस्ता कुराहरू पर्दछन् ।

    • आत्मजागरण उत्पन्न गर्ने सीपस् यस सीपअन्र्तगत व्यक्तिले आफुलाई चिन्ने आफ्ना अधिकार, मूल्यमान्यता तथ अवधारणाहरूमा स्पष्ट भई आफ्ना क्षमताहरू पहिचान गर्ने जस्ता कुराहरू पर्दछन् ।
    • आफ्ना सबल पक्ष र कमजोरीको विश्ले गर्ने सीप
    • लक्ष्य निर्धारण गर्ने सीपस् लक्ष्य निर्धारण सामना र आत्मव्यवस्थापन सीपको महत्वपूर्ण सीप हो । लक्ष्य प्राप्तिले व्यक्तिलाई सुखी र समृद्धशाली बनाउँछ । लक्ष्य प्राप्त गर्न सकिने, वस्तुगत र व्यावहारिक हुनुपर्छ । काल्पनिक लक्ष्यले व्यक्तिलाई झन् विर्गाछ । लक्ष्य राख्नुभन्दा पहिला आफूसंग भएको अन्तर्निहित क्षमताको लेखाजोखा गर्नुपर्छ र अवसर तथा वरपरको वातावरणको समेत ख्याल गर्नुपर्छ । लक्ष प्राप्तिका लागि ससाना लक्ष्य पुनः निर्धारण गर्नुपर्छ । निरन्तर पृष्ठपोषण र अवसरको खोजी गरिनुपर्छ ।
    • आत्ममूल्याङ्कन गर्ने सीपः आत्ममूल्याङ्कन गर्ने सीपअन्तर्गत आफुई आफैले मूल्याङकन गर्ने सीप अन्तर्गत आफस्लाई आफैले मूल्यङ्कन गर्ने, आफ्ना बानीव्यवहारहरूलाई सुधार्ने र निरन्तर असल बानीव्यवहारहरूको विकासमा प्रयत्नशील रहने जस्ता सीपहरू पर्दछन् ।

    २। संवेग व्यवस्थापनको सीप

    • रिस तथा डाह नियन्त्रण
    • दुःख तथा वेदना सहन
    • क्षति, कुलत, नोक्सानीको सामना

    ३। तनाव व्यवस्थापनको सीप

    • समय व्यवस्थापनः कामअनुसार समय मिलाउने, दैनिक समयतालिका अनुसारका कार्य गर्ने, प्राथमिकताअनुसार समय र कामको तालमेल मिलाउने ।
    • सकारात्मक सोचः हरेक पटक सफलता नमिल्न सक्छ, सफलता नहुँदा नकारात्मक सोच विकासका सट्टा माफूमा अझै केही कमीहरू र्बाकी रहेछन्, त्यसलाई हटाएर अगाडि बढ्नुपर्छ भन्ने ठानी सोअनुसार कार्यतालिका परिवर्तन सोचाइमा परिपक्वता ल्याउनुपर्छ । साथै आफुई मात्र नहेरी अरुका क्षमता पनि विश्लेषण गर्नुपर्छ ।
    • आनन्दको अनुभूति गर्ने ९मनोरञ्जन लिने० सीप (Relaxation technique): तनावले व्यक्तिलाई स्वव्यवस्थापनमा असर पार्न सक्छ । तनावमा रहेको व्यक्तिले परिणाममुखी कार्य गर्न सक्दैन । तनाव व्यवस्थापन निरन्तर अभ्यासमा भर पर्दछ ।

    हरेक व्यक्तिले तनाव व्यवस्थापनका लागि निम्नलिखित तरिकाहरू अपनाउन सकिन्छः

    १। व्यावहारिक तरिका
    २। समय व्यवस्थापन
    ३। लक्ष्य निर्धारण गर्ने
    ४। मनोवैज्ञानिक तरिका
    ५। सकारात्मक सोचाई
    ६। विचारलाई पुनः संरचना गर्ने
    ७। योगाभ्यास
    ८। संज्ञानात्मक तरिका
    ९। चलचित्र हेर्ने
    १०। मनोरञ्जन लिने
    ११। किताब पढ्ने
    १२। रङरोगन गर्ने
    १३। कथा लेख्ने
    १४। शारीरिक तरिका
    १५। अभ्यास गर्ने
    १६। सामूहिक खेल खेल्ने
    १७। मालिस गर्ने

    माथि प्रस्तुत सम्पूर्ण सीपहरु मध्ये एउटा सीप प्रदर्शन गर्न अर्को सीपले प्रभाव पारेको हुन्छ । उदाहरणको लागि समस्या समाधानको लागि आफु सचेत हुनु पर्यो, प्रभावकारी सञ्चार हुनु पर्यो, सिर्जनात्मक र समालोचनात्मक चिन्तन गर्नुपर्यो, संवेग र तनाव व्यवस्थापन गर्नुपर्यो र निर्णय गर्न सक्नुपर्यो । त्यसैले ती कुनै पनि सीप एक अर्काबाट अलग छैन भनी बुझ्नुपर्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री